वि.सं.२०८१ जेठ ७ सोमवार

निर्वाचित भएपछि कसैलाई काखा कसैलाई पाखा गर्ने छैन:- नेता लम्साल

नेकपा (एकीकृत समाजवादी ) काभ्रे प्रतिनिधिसभा २ प्रदेशसभा १का उम्मेदवार लक्ष्मण लम्सालले आज बनेपामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको कार्यक्रम बोल्दै निर्वाचनपश्चात आगामी पाँच वर्षमा कसैलाई काखा कसैलाई पाखा नगरी समानरुपले विकास निर्माणको काममा सहयोग गर्ने बताउनुभएको हो ।

लम्सालले अब छिट्टै पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट छिट्टै नै भावी योजना सहितको घोषणापत्र सार्वजनिक हुने पनि बताउनुभयो ।

“घोषणापत्रमा धेरै कुराहरु समाबेश भएर  आउनेछन । त्यहाँ तात्कालीन र दीर्घकालीन योजनाहरु हुनेछन्। त्यसमा उल्लेख भएका कामहरू हामी पुरा गरेर छोड्ने छौ” उहाँको भनाइ थियो।