वि.सं.२०८१ असोज २६ शनिवार

संखुवासभालाई पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्न चाहान्छु : याक्खा

पर्यटकीय क्षेत्रले प्रचार संभावना भएको संखुवासभा जिल्ला हो ।

समुन्द्री सतहदेखि ४५७ मिटर संसारको सबैभन्दा होचो अरुण उपत्यका देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४८१ मिटरसम्मको उचाईमा रहेको छ ।

मंसिर ४ गते हुने संघीय निर्वाचनमा संखुवासभामा जनताकाे सेवक बन्न दिपक याक्खा तयारीमा छन् ।

जनता समाजवादी पार्टीबाट याक्खा संखुवासभा जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार हुन् ।

याक्खा अहिले जनताको घरमा जाने र आफ्नो क्षेत्रको विकासको मोडल बुझाइरहेका छन् ।

याक्खा संखुवासभालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहान्छन् । उनी भाषिक, जातिय र धार्मीक विविधताले भरिपूर्ण यहाँ पर्यटकलाई पाठशालाको रुपमा विकास गर्न सकिने योजना सुनाउँछन् ।

उनी पर्यटकहरूलाई मकालु वेस क्याम्प सम्म पुग्ने मार्गलाई सुविधायुक्त बनाउन आफुले जित्नै पर्ने भएको तर्क गर्छन् ।

संखुवासभालाई आत्मनिर्भर बनाउनुपर्ने भिजन याक्खा सँग छ।

यहाँ लिम्बु, तामाङ, शेर्पा, सुुनुवार लगायतका समूदायको कल्चरको रियल अनुभव गर्न र त्यसलाई पर्यटकिय क्षेत्रबाट विकास गर्न आवश्यक भएको पनि बताउँछन् ।

“यो पर्यटकिय संभावनाले एकदमै संभावना बोकेको जिल्ला हो । यहाँ, उनले भने ।

याे पनि….