काभ्रेको भुम्लु गाउँपालिकामा अनौठो कार्य गर्ने जनप्रतिनिधि फेला परेका छन् । हुन त पालिकामामै किर्ते हस्ताक्षर काण्ड मच्चिरहँदा यो त सानोतिनो भएको जानकारहरू बताउँछन् ।
भुम्लु गाउँपालिकाका यि थप समाचार पनि पढ्नुहाेस्…
भनिन्छ, सामुदायिक भवन सरकारी जग्गामा बनाउनुपर्छ। तर भुम्लुको सापिङमा विपरीत छ, सोही वडाको वडा सदस्य रामज्योती पहरीले स्कूलकाे जग्गा मिचेर सरकारी जग्गामा पसल घर खुलेआम बनाइरहेका छन्, भने सोही वडाको वडा सदस्य दानबहादुरी खत्रीले ठडेन्द्र बहादुर पन्थको व्यक्तिगत जग्गामा सामुदायिक भवन बनाएकी छिन् । उक्त भवन अझै सरकारीकाे नाममा नगईसकेको स्थानीय बताउँछन्।
सोझो र लेखपढ गर्न नजान्ने ठडेन्द्र बहादुर पन्थलाई राती गएर ३० हजार दिएर कागजमा हस्ताक्षर गरि सिधै भवन बनाएर भवनको हिसाब किताब समेत नदेखाएको आरोप वडा सदस्य खत्रीले खेपिरहेकी छिन् ।
तर अहिले पन्थले आफुलाई जालझेल गरि राती आएर थिचाउन लगाएको बताउँछन्, र भनेजती जग्गाको पैसासमेत नपाएको गुनासो गरिरहेको स्थानियको भनाइ छ।
नियमअनुसार प्रतिनिधि भएर सहकारीको अध्यक्ष, भवन निर्माणको अध्यक्ष बस्न त नमिल्ला तर तलदेखि माथिसम्म आफ्नै पहुँच भएपछि मिल्दो रहेछ। ‘जसको शक्ति, उस्को भक्ति’ एक स्थानीयले बताए।
आफ्नो राजनीतिक पाटो र नातावाद बिग्रेने भएकोले वडादेखि भुम्लु गाउँपालिका यस विषयमा देखे पनि नदेखे जस्तो गरि कहिले बोल्न नचाहेको जानकारहरुको ठम्याइ छ।
कर्मचारी नियुक्तिकाे अन्तर्वार्ताकाे अडियो , जति जनाले फर्म भरेको, त्यति नै भुजेल जातिको नियुक्ती सिफारिस, बिकाश निर्माण कम्पनी र उपभोक्ता समितिलाई बेवास्ता गर्दै टोल सुधार समिती, ज्यान जोखिम, प्रहरी प्रशासनले असहयोग गरेकाे छ।
किर्ते कागजात बनाइ गुम्बाको बजेट झ्याम जस्ता विवाद मुछिएकाे भुम्लु पालिका हर कुरामा मस्त निदाएको मात्र होइन घुरिरहेको छ।