वि.सं.२०८१ असोज २६ शनिवार

नेपाल बन्छ, बन्छ,, जब कास्की २ ले ‘क्रस खुकुरी’चुन्छ

कास्की । “नेपाल बन्छ जब नेपालमै बन्छ । तपाई सोच बदल्नुस् भोट बदल्नुस् देश त उत्कृष्ट छ ।” यो कास्की क्षेत्र नम्बर। २ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार, ऋगेन्द्र नेपाली गिरीको चुनावी उर्दी हो । चुनाव चिन्ह हो, क्रस खुकुरी ।

उनले आम मतदातालाई यसको अर्थ विभिन्न माध्यमबाट बुझाउन खोजेका छन् । त्यसको एउटा नमुना उनको समर्थनमा स्वस्फूर्त साइकल र्याली निस्कियो । देश बदल्ने विगुल फुक्न उनी आफैं साइकल चढे, समर्थकहरुको हौसला बढाए ।

गिरी प्रकृति प्रेमी मात्रै होइन, प्रकृति पूजक भन्दामाथि प्रकृतिको संरक्षणार्थ वातावरण जोगाउ अभियानका अभियन्ता समेत हुन् ।

अग्र्यानिक एवं स्वदेशी उत्पादनको प्रर्वद्धनमा लागि परेका गिरीले नीति निर्माण र कार्यान्वयन तहमा भ्वाङ देखे र संसदमा मुलुक बनाउनेहरु जानुपर्छ भनी चुनावमा होमिए ।


गिरी सामान्य चिन्ता र योजना वा लहडले चुनाव लड्न होमिएका होइनन् । नेपालमा विना कुनै मेहिनत अर्थतन्त्रमा बहुआयामिक छलाङ मार्न सकिने विश्वासका साथ गाँजाको वैधानिकताका लागि अहोरात्र लागेका गिरीलाई चिन्ने अवसर जुरेको छ, कास्की २ का मतदातालाई ।

उनको विजय कास्की २ का नागरिकका लागि मात्रै हुने छैन, सिंगो मुलुक परिवर्तन एवं मुलुकको समग्र आर्थिक उन्ननयनका लागि कोशेढुङ्गा सावित हुने छ ।

गिरीलाई युवा मात्र नभई पाको पुस्ताले पनि रुचाएको छ । धार्मिक युवा समूह, विश्व हिन्दु महासंघ, नेपाली काग्रेस बीपी लगायतले समर्थन गरेका गिरीको डिजिटल समाज निर्माणको योजना आकर्षक बनेको छ ।

उनले भनेका छन्, “पुल र बाटो बनाउछौं भन्दै भोट माग्ने परम्परागत अवस्था अब फेरियो । अबका प्रतिनिधिले समाजमा घटिरहेका सामाजिक घटनाको समाधान र समृद्ध समुन्नत समाज निर्माणका लागि काम गर्नेछन् ।”

गिरीका योजनाहरु