वि.सं.२०८२ माघ २९ बुधवार

नेपाल प्रहरीद्वारा काठमाडौंमा ५५० वटा विरुवा राेपिए

काठमाडौं । नेपाल प्रहरी र रोटरी इन्टरनेसनलले ५ सय वृक्षारोपण गरेको छ । नेपाल प्रहरीको बिशेष कार्यदल कपन र रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ को संयुक्त आयोजनामा कपनस्थित बिशेष कार्यदलको परिसरमा फलफूलका बिरुवा रोपिएका हुन् ।

वृक्षारोपण नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवाली र रोटरी इन्टरनेश्नलका ‘लिड चेयर’ रोटरीयन विष्णुहरि दाहालले संयुक्तरुपमा वृक्षारोपण गरेका छन् ।

यसमा रोटरी क्लब अफ मातृभूमि बलुवाटारसहित विभिन्न आठ वटा क्लब समाबेश छन् । वृक्षारोपण गर्दै एसपी ज्ञवालीले ‘यस्ता सृजनात्मक कामले पर्यावरणमा सकारात्मक प्रभाव पर्ने र अक्सिजनसहित शितलता प्रदान गर्ने बताए ।

रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ का गभर्नर बिनोद कोइरालाको बिशेष पहल अन्तर्गत थालनी गरिएको यस कार्यक्रममा नेपालभरका सम्पूर्ण रोटरी क्लबहरूले आजै ५० हजार वृक्षारोपण गर्ने लक्ष्य रहेको रोटरी इन्टरनेश्नलका ‘लिड चेयर’ रोटरीयन विष्णुहरि दाहालले बताए ।

वातावरण जोगाउनका लागि थालनी गरिएको उक्त कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का रोटरी क्लब अफ बौद्ध, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ गोङ्गबु, रोटरी क्लब अफ ग्रीनल्यान्ड, रोटरी क्लब अफ ठमेल र रोटरी क्लब अफ काठमाडौँ सर्कल संयुक्तरुपमा सहभागी भएका थि ए।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल र रोटरियन रोटट्र्याक्टर र इन्टरयाक्टरद्वारा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपातीलगायतका १६ जातका ५ सय ५० बिरुवा रोपिएको थियो ।

वृक्षारोपणमा क्लब असिस्टेन्ट गभर्नरहरू महेन्द्रराज भुसाल, बुद्धिमान श्रेष्ठ, कविता मानन्धरसहितका प्रतिनिधिहरूको उपस्थिति थियो ।