वि.सं.२०८१ साउन ६ आइतवार

डिएसपी र पूर्वसांसदको भेटलाई अतिरञ्‍जित गर्ने पत्रकारले निकाले खण्डन

पुर्व सांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सुरक्षाथ्रेट महसुस गरि सुरक्षा प्रदान गर्न गएका डिएसपी उद्धवसिंह भाटको विषयमा समाचार प्रकाशन गर्ने नागरिक आवाज साप्ताहिक पत्रिकाका प्रकाशक जीवनलाल डगौराले खण्डन प्रकाशन गरेका छन् ।

आज एक विज्ञप्ति लेख्दै उनले भनेका छन्, ‘ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीका डि.एस.पि. उद्धब सिंह भाट सँग जोडेर आएका सामाचारहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । पूर्व प्रतिनिधि सभा सदस्य रेशम चौधरी आममाफी पाएर आफ्नो गृह नगर टीकापुर आउँदा संघीय मन्त्री ज्यू. प्रतिनिधि सभा सदस्य ज्यूहरु, प्रदेश सभाका सदस्य ज्यूहरु समेत उहाँसँगै आउनु भएको र सुरक्षा ब्यवस्थापन गर्न टीकापुरका डि.एस.पि. उद्भब सिंह भाट खटिएको विषयलाई तोडमोड गर्दै गलत ढंगबाट सामाचारहरु प्रसारित भएका छन् । यसबाट निज प्रहरी अधिकारीको आत्मसम्मान, ईज्जत, प्रतिष्ठाका साथै व्यवसायिक र सामाजिक जीवनमा नकारात्मक प्रभाव परेको छ ।’

यस्ता सामाचारहरुले रातदिन जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको मनोवल गिराउने किसिमले आएका हुन् भन्दै उनले क्षमायाचना गरेका छन् ।

साथै उनले डिएसपि भाट र आफुबीच दाजुभाईको सम्बन्ध रहेको बताएका छन् । नियमित भेटघाटकै क्रममा मिति २०८० साल जेठ २० गते शनिवार विहान ८ः०० बजे तिर चिया खाँदै दुई जनाबीच भएको सामान्य कुराकानीलाई मिडियामा उछालिएको उनले बताए ।

राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका रेशम चौधरीलाई स्वागत गरेको भिडिओ खिचेर आफ्नो बदनाम गराएको भन्दै डीएसपी उद्धवसिंह भाटले कार्यकक्षमा बोलाएर छलफल गरेका थिए ।