वि.सं.२०८१ माघ २६ शनिवार

बौद्धिक नेता आचार्य जुम्लाबाट चुनाव लड्ने : युवा अघि नसारे विद्रोह !

नेकपा (माओवादी केन्द्र) जुम्लाका प्रभावशाली, जनप्रिय तथा बौद्धिक नेता मिनराज आचार्यले जुम्लाबाट चुनाव लड्ने संकेत गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनका प्रदेश सचिव आचार्य कर्णालीका बौद्धिक युवामा गनिन्छन ।

कानुनका ज्ञाता समेत रहेका कर्णाली प्रदेश कानुन विद्यार्थी समाजका अध्यक्ष आचार्य अधिवक्ता हुन् ।

सामाजिक संजालमा लेख्दै उनले अबको नेतृत्व युवाको हातमा आउनु पर्ने बताएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, ‘जुम्ला प्रदेश “ख” बाट प्रदेशसभा सदस्यमा हाम्रो पनि उम्मेदवारी दावी छ योग्यता ज्ञान र योगदानको कदर होस।

बालेन,हर्क भन्नेले आफ्नो पार्टी भित्रका योग्य युवाहरुलाई पाखा लगाउन मिल्दैन नत्र बिद्रोह हुन्छ।’