वि.सं.२०८१ माघ २६ शनिवार

पिर नगर अर्को तिजमा लिन आउँला है….!

यसपालीको तीजमा दिदी लिन आउन पाइन नि
कोरोनाको डर भो सारै हर्ष छैननी ।।

यस्तो रोग आउला भन्ने सोच्याथिन मैले त
मान्छे भेटदा लुक्न पर्ने के हो अहिले त ।।

लैनो भैसी व्याको थियो खान्थ्यौ होला दुध र घिउ
कम्जारी थ्यो ख्याल गर है आफ्नो शरीर जिउ ।।

करेली र काँक्रा कति फलेका छन घरमा
आमा रुन्छिन छोरी आए खान्थीन दरमा ।

याद छ तिमीलाई पोहोर साल दर खाएर नाचेको
माइलाबाको आगनीको उखुँ भाँचेको ।।

कोरोनाले मर्छु भन्ने मनको डर भगाउ है
बाहिर हिड्दा सेनिटाइजर मास्क लगाउ है ।

तिमी नाच्ल्यौ मैले मिठा तिजका भाका गामला है
पिर नगर अर्को साल लिन आम्ला है ।।