वि.सं.२०८१ माघ ६ आइतवार

एमालेका प्रधानले जागिर दिन्छु भनेर एक महिलालाई यौ*न शोषण गरे

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले आफ्नै अफिसमा कार्यरत एक महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर पटक–पटक यौन शोषण गरेको र पैसा दिएर मिलापत्र गरेको उजुरी गरेकी छिन् ।

शोषणकाे भुमरीमा परेकी उनले प्रधानविरुद्ध प्रहरीमा जाहेरी र अदालतमा निवेदन पनि दिएकी थिइन् । तर, प्रधानको दबाब र प्रभावमा १ करोड २५ लाखमा अदालतमै मुद्दा मिलापत्रमा टुंगिएको थियो । त्यसको प्रमाण समितिमै उपलब्ध गराएकी छिन् ।

उनले यति मात्रै नभइ ७ वर्षअघि आफ्नो पहिलो भेट भएदेखि एकवर्ष अघिसम्मको घटनाको फेहरिस्त सुनाएकी छन्।

ति महिलाले आधा दर्जन अडियो रेकर्ड र सीसीटीभीको एउटा फुटेज समितिको सचिवालयमा बुझाएकी छन् ।

सन्, २०१७ ताकाको कुरा हो याे ‘कार्यालयमै नियमित यौन शोषण’ गर्थे प्रधानले । नेपालमा कोरोना भाइरसका कारण २०७६ चैतदेखि देशमा लकडाउन भयो, देश ठप्प । प्रधानले फेरि पीडितलाई कामको आश्वासनमा बोलाउन थाले । छोरी सुत्केरी भएकाले उनको स्याहारसुसारका लागि आफ्नो पत्नी जापान गएको र त्यतिबेला ‘तिमी चाहिने’ भन्दै उनले ति महिलालाई बोलाएका थिए ।

पीडित महिलाले सुनुवाइ समितिमा उपस्थित भएर पनि प्रधानले गरेको हिंसाको बारेमा सुनाएकी थिइन् । प्रलोभन, दबाब र प्रभावमा पारेर आफूलाई प्रधानले ३ वर्षसम्म पटक-पटक यौन हिंसा गरेको, अप्राकृतिक यौनसम्पर्क गरेको, आफू कानुनी लडाइँका लागि प्रहरी र अदालतमा जाँदा दबाबमा मिलापत्र गर्न बाध्य बनाएको बताएकी छिन् ।

राज्यसत्तामा शक्तिशाली पहुँच भएका प्रधानबाट भएको हिंसामा आफूले न्याय नपाएको भन्दै उनले ‘नैतिक रूपमा पतीत’ प्रधानको नाम अनुमोदन नगर्न र आफूलाई न्याय दिन समितिसमक्ष घुक्कघुक्क गर्दै आँसुका धारा बगाएकी थिइन् ।

पीडित महिलाले कानून समाजमै जागिर पाएर करिब ५ महिना काम गरिन् । समितिमा उनले बयान गरेअनुसार, ५ महिनामध्ये सुरुका ३ महिना प्रधानले केही गरेनन् । पछि बिस्तारै ति महिलालाई साढे ५ बजेसम्म अफिस बस्न लगाउथे । अरुलाई घर पठाउँथे प्रधानले ।

‘पोर्न अथवा से*क्स भिडियो ल्याएको पेनड्राइभ बैठक कक्षको स्मार्ट टीभीमा हालेर त्यही हेर्दै शोषण गरिरहे’ महिलाले भनेकी छन्, ‘म हरेक दिन असह्य पीडा सहेर रुँदैरुँदै घर जान्थेँ, मैले आँसु देखाउने कोही थिएन ।’

संविधानको धारा २४५ (६) मा निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था छ । मिलापत्र गरिएको भए पनि प्रधानले यौन शोषणजस्तो गम्भीर अभियोगमा चारित्रिक सफाइ भने पाउँदैनन् । त्यही भएर राष्ट्रिय मानव अधिकार आयोगले पनि नैतिक रूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर्न सरकारलाई निर्देशन दिएको छ । सुनुवाइका क्रममा सांसदहरूले पनि ‘यौन शोषणको गम्भीर आरोप लागेको तपाईं कसरी नियुक्तिका लागि योग्य ? पीडित महिलालाई पैसा, दया, करुणाभाव जागेर दिनुभयो कि अरू केही कारणले ?’ भनेर प्रधानलाई सोधेका थिए । तर, उनले अदालतबाट मिलापत्रमा टुंगिसकेको विषय भन्दै स्पष्ट जवाफ दिएनन् । अदालतको निर्णय सबैले मान्नुपर्ने भन्दै उल्टै समितिलाई नै पढाए ।

निर्वाचन आयोगको रिक्त आयुक्त पदमा सिफारिस प्रधानको ९ साउनमै सुनुवाइ गरे पनि संसदीय सुनुवाइ समिति अनुमोदन गर्ने कि अस्वीकृत भन्नेमा अझै अनिर्णीत छ । यौन शोषणजस्तो गम्भीर नैतिक पतन देखिने मुद्दामा मिलापत्र गरेका प्रधानबारे निर्णय लिन भइरहेको ढिलासुस्ती र अलमलले सदस्यहरूको सामर्थ्य र समितिको औचित्यमाथि समेत प्रश्न उठ्न थालेका छन् ।

यौन शोषणको मुद्दा परेको र पछि आफूले मिलापत्र गरेको उनले बयानमा स्वीकारेकी छन् । ५०/५० लाख गरी दुई चरणमा एक करोड रुपैयाँको लेनदेनपछि मिलापत्र भएको बताएकी उनले चेकको फोटोकपी समेत समितिमा पेश गरेकी छन् ।

 

अब यहाँ गणेशमान प्रधान जो कृष्णमानका भाइ हुन् र कानून समाजमा प्रशासन प्रमुखको रुपमा कार्यरत छन् । उनले समेत आवेशमा निर्णय नलिन सुझाव दिए ति महिलालाई।

१ भदौ २०७९ को दिन थियो । केही परियोजनाका प्रपोजल फाइनल गर्ने भनिएको थियो र उजुरीकर्ता कानून समाजमा काम गरिरहेकी थिइन् । उनको ब्यागमा रहेको मोबाइल फोन एकाएक गायब भयो ।

उनको बयान अनुसार, कानून समाजमै काम गर्ने अर्का एक कर्मचारीले उनको मोबाइल लिएर बाहिर निस्किए छन् र सबै डाटा मेटिएको रित्तो मोबाइल ल्याएर ब्यागमा राखिदिएका थिए । खिचेको फोटो र संवाद मेट्न त्यसको केही दिनअघि कृष्णमानले उनलाई निर्देशन दिएको उजुरीकर्ताको दाबी छ ।

प्रहरीकहाँ उजुरी गर्न खोज्दा कृष्णमानका भाइ गणेशमान र अरु केही कर्मचारीले आफूलाई घेरेर राखेको संसदीय समितिमा उनको दाबी छ । त्यसैमाथि पुरुषप्रधान देशमा गल्ती नहुँदा पनि महिलामाथि नै समाज खनिने डरले लामो समयसम्म आफू चुप बस्नु पर्ने दुःख उनले सुनाएकी थिइन् ।

पछि राजनीतिक शक्ति र पैसाको आडमा यो मुद्दा मिलाइएको थियो । प्रधान नेकपा एमाले निकट हुन् ।

“यसरी कानूनी राज्यमा कानूनकै धज्जी उडाएर पैसा र पावरको आडमा खुलेआम अपराध गर्दै हिँड्ने व्यक्तिमाथि उचित छानबिन गरी महिलामाथि हुने जघन्य अपराध र गलत प्रवृत्ति रोक्न संसदीय सुनुवाइ समितिमार्फत अनुरोध छ,” उजुरीमा भनिएको छ।

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधान नेपाल कानून समाजका कार्यकारी निर्देशक हुन्। काठमाडौँको बबरमहलमा बस्दै आएका उनी अन्य विभिन्न संघसंस्थामा पनि आबद्ध छन्।

पीडित महिलाको बयान जस्ताको त्यस्तैः

घटना करिब तीन वर्ष अगाडिको हो । सन् २०१९ मा मैले चिनेको एउटी दिदीमार्फत नेपाल कानून समाजका कार्यकारी निर्देश कृष्णमान प्रधानसँग चिनजान भएको हो । त्यसपछि सामाजिक संजालमा जोडियौं । फोन म्यासेज हुन थाल्यो । कृष्णमानले साँझबिहान मेसेज पठाउँथेँ । बेलाबेला अफिसमै भेटन पनि बोलाउँथे ।

कृष्णमानले सन् २०१९ देखि मलाई आईएनजीओमा जागिर लाइदिन्छु । तिम्रो लागि सबै गरिदिन्छु, अभिभावकत्व पनि लिन्छु । जिन्दगीभर श्रीमती जस्तै बनाएर राख्छु । मेरो गल्फ्रेण्ड बन । उसले मलाई धम्क्याउँथ्यो पनि । छोडेर गयौ भने पानीमुनि गएपनि छोड्दिन भन्थ्यो ।

कृष्णमानले सुरुसुरुको भेटमा ५÷१० मिटेन औपाचारिक कुरा गर्थे । अनि विस्तारै धेरै समय बिताउने गरी अनेक प्रलोभन र आश्वासन दिने गर्थे । एक दिन त्यसरी नै भेट्न बोलाए । अनि गफ गर्दैगर्दा नजिक सर्दै आएर उसले मेरो हात समातेर किस ग¥यो । अनि म आश्चर्यचकित भएँ । मलाई डर पनि लाग्या थ्यो । तरै पनि उसलाई भीआईपी भनेर सम्मान नै गरेर बाल्थेँ । मेरो बडी ल्याङ्ग्वेज हेरेर तिमीलाई डर लाग्यो भनेर पछि म घर गइसकेपछि कल गरेर सोधेको थियो । दुई तीन दिनपछि पनि फेरि बोलायो । त्यो दिन चाहिँ उसले पहिला मज्जाले मेरो ‘ब्रेनवास’ ग-यो ।

सबै तिम्रो लागि गर्छु । अभिभावकत्व लिन्छु । श्रीमती जस्तै जिन्दगीभरी बनाएर राख्छु भनेर फेरि भन्यो । अनि दुनियामा ९० प्रतिशत मान्छे अफेयरमा बाँच्या हुन्छन् भनेर भन्यो । त्यसबेलाको सबै शब्द त मलाई याद छैन । तर मेजर चिजहरू मैले बिर्सेको छैन । बोलाको पाँच देखि साढे पाँचको बिचमा होला । उसले ७ बजेसम्म त्यसरी ब्रेनवास ग-यो । त्यसपछि म निस्कन्छु सर भनेर झोला लिएर यसो उभिन लागेको थिएँ । तर ऊ कुर्सीबाट उठेर एकासी मेरो बाटो छेक्न अगाडि पुग्यो । अनि मलाई कहाँ जान पाउँछेउ भनेर झ्याप्प अंगाल्यो । अनि मैले पाँच मिनेट जत्ति उसको अंगालोबाट छुटिने कोसिस गरेपनि सकिन । अनि उसले मलाई किस गर्दै सबैतिर सुम्सुम्याउन थालेपछि जबरजस्ती म फुत्किएर त्यो दिन भागेँ । उसले त्यही दिन राति ११ बजे मलाई फेरि कल गर्‍यो । अनि उसले मलाई ‘आजको प्रोग्राम’ कस्तो लाग्यो तिमलाई भनेर भन्यो ? कुन प्रोग्राम सर भनेर मैले भन्दा त्यही भन्दै उसले अफिसमा गरेको हर्कतबारे संकेत ग¥यो । मैले केही सोच्या छैन सर भनेर फोन काटेर सुतेँ । भोलिपल्ट तीन बजे फेरि फोन आयो । त्यो बेला नि मैले केही सोचेको छैन सर भनेँ । म कुरै गर्न चाहन्न भनेर फोन काटेँ ।

एक दिन शनिबार म घरमा बसिरहेको अवस्थामा फोन गरेर खुरुक्क आउ भनेर सिधै आदेश दिए जसरी बोलायो । आफिसमै बोलाइसकेपछि त केही अफिसियल कुरा होला भनेर म गएँ । उनले तीन देखि ५ बजेसम्म फेरि त्यसैगरी अनेक कुरा गरेर ब्रेनवास गर्ने प्रयास ग-यो । त्यसपछि अन्तिममा त मलाई पनि हो जस्तै भन्ने लाग्ने बनायो । अनि मैले पाँच बज्यो निस्कन्छु सर भन्दाखेरी उसले मलाई सिधै कपडा खोल भनेर कमान्ड ग¥यो । जबरजस्ती खोल भन्यो । तर म अटेर गरेर उल्टै उसँग झोक्किएँ । तर उसले मलाई तिमलाई आईएनजिओ सेक्टरतिर लाग्नुछ भने ‘कम्प्रमाइज विथ मी’ भन्यो । अनि यसरी मलाई बाध्य पारेर त्यस दिन उसले यौन शोषण ग-यो । अनि रोएँ । तर मैले थप प्रतिवाद गर्न सकिन । किन भने न मलाई कानूनको ज्ञान थियो ? न मैले कानून बुझेको थिएँ । बुझेको भए त्यत्तिखेर मेले एक्सन लिन्थेँ । न मलाई त्यो मान्छेको नेचर थाहा थियो । अनि उसको त्यो गेटअप र भीआईपी -यांकदेखि मलाई डर लाग्थ्यो ।

त्यसदिन म माथि यौन शोषण गरेपछि कृष्णमानले मलाई लाजिम्पाटस्थित भूमि रेष्टुरेन्ट लगेर सुपहरू ख्वाउन खोज्यो । तर मैले खाइन । त्यसपछि म त्यो दिन घर फर्किएँ । उसले मलाई इमोसनल म्यासेजहरू निरन्तर पठाइरहन्थ्यो । हरेक तहमा उसले ऊ मेरो रक्षक हो भन्ने किसिमको भाइब्स दिने प्रयास गर्थ्यो । माया गरेजस्तो गर्थ्यो । अनि त्यस पछाडिका दिनमा उसले मलाई एउटा सेक्स वर्करको रुपम यूज ग-यो । त्यसरी निरन्तर मलाई यौन शोषण गरिरह्यो । मैले उसलाई जागिर लगाइदिनेबारे सोध्दा उसले मलाई जाइका, यूएनडीपीमा पठाइदिउँला । त्यहाँको मान्छेलाई कुरा गरिदिउँला, सीभी पठाइसकेको छ भन्थ्यो । तर मलाई उसले कहिल्यै जागिरका लागि न सिफारिस गरिदियो न कतै जागिर लगाइदियो ।

तर पछि मलाई कृष्णमानले नेपाल कानून समाजकै अफिसमा जागिर लगाइदिए । कृष्णमानले भनेका थिए– अफिसमा मलाई फर्मल रिलेशन मात्र शो गर्नू । मैले आफिसमा उसले भनेजसरी नै गर्दै गएँ । उसको अफिसमा काम सुरु गरेपछि त झन् उसले मलाई जहिले चाह्यो त्यहीबेला यौन शोषण गर्थ्यो । एक दिन चाहिँ उसले अफिसमै अर्की महिलालाई पनि बोलायो । पछि मेले बुझ्दै जाँदा त्यो चाहिँ विगत ५-७ वर्षदेखि ‘सेक्स्युअल रिलेशन’ भाको उसको केटी रहेछ । जो चाहिँ विवाहित थिइन् । तर कृष्णमानले लामो समय जसरी एउटा नर्मल काम गरेर खाने मलाई अनेक प्रलोभन र अनुचित प्रभाव देखाएर जसरी मलाई यौनशेषण ग¥यो त्यसले मलाई धेरै पीडा हुन्छ ।

मैले त्यहाँ करिब ५ महिना जब गर्दा तीन महिना जति चाहिँ त्यही केटीको विषयमा टक्कर परिहने स्थिति बन्यो । अनि मैले जागिरबाट राजीनामा दिएर निस्केँ । तर म निस्के पनि उसले मलाई ट्रयापमा पार्ने कोसिस गरिरह्यो । मैले एउटा प्रपोजल ह्याण्डल गरेकी थिए । त्यो प्रपोजलको २०७९ भदौ १ गते अनलाइन फाइल गर्नुपर्ने अन्तिम म्याद थियो । त्यो भन्दा एक हप्ता अगाडि नै कृष्णमानको भाइले मलाई फोन गर्न थालेको थियो । अनि उसले के भन्थ्यो भने कृष्णमानको अगाडीको प्रेमिकालाई चाहिँ घर पठाइदिएँ मैले । तपाईँ चाहिँ हाम्रो लागि बौद्धिक मान्छे हो । आउनुस्, आउनुस् भनेर भन्यो । मैले उसको कुरामा विश्वास गरेर फेरि हुन्छ म त्यो जिम्मा लिएको प्रपोजल नसकुन्जेलका लागि जोइन गर्छु भनेर फेरि जोइन भएँ । अनि मैले भदौ १ गते मात्र थाहा पाएँ गणेशमानले मलाई किन बोलाएको रैछ भनेर ।

कृष्णमानले मलाई सेक्स्युअल ह्यारेस्मेन्ट गरेको प्रमाणहरू मेरो मोबाइलमा थियो । त्यो प्रमाणसहतिको मोवाइल म बस्ने ठाउँमा त्यो दिन व्यागमै छुटेछ । त्यहाँ अर्को एउटा एलिश श्रेष्ठ भन्ने थियो । उनीहरूको अगाडि नै कुरा भइसक्या रहेछ कृष्णमान र गणेशमानसँग मलाई थाहा थिएन । अनि म प्रपोजल फाइल गरिसकेर तल झरेपछि बल्ल मोबाइल त्यहीँ छाडेको र मोबालइमा रहेको प्रमाण मेटाइसकिएको थाहा पाएँ । त्यो काम चाहिँ एलिशले गरेको हो । कृष्णमान र गणेशमानको निर्देशनमा ।

कृष्णमानलाई बचाउन त्यसो गरिएको थियो । त्यसदिन मलाई अन्य स्टाफहरू जो कृष्णमानसँग मिलिसकेका थिए उनीहरूले दुई घण्टा किचनभित्र बन्दी बनाए । अनि म बल्लतल्ल निस्केर जान खोज्दा उताबाट गणेशमान प्रधान मलाई देखेर दौडेर आयो । अनि मलाई समातेर किचनभित्र लगेर फेरि दुई घण्टा थुने । म रोएँ, कराएँ, चिच्याएँ । अनि मैले रिसको झोँकमा मलाई छोड्देउ नत्र म यहाँको सबै समानहरू फोड्दिन्छु भनेको थिएँ । अनि मेरो हातमा कप थियो । अनि मैले त्यसले भुइँतिर वा भित्तामा हानेँ । तर मलाई के याद छ भने मैले कम्युटरमा हानेकै छँदै थिएन । तर पछि कम्युटर फुटायो भनेर गलत आरोप लगाइएको छ । लास्टमा कृष्णमान प्रधान तल झर्‍यो । अनि मैले उसलाई भनेँ– अब म तपाईंविरुद्ध पुलिस र मिडियामा जान्छु । त्यसबेला उसले के भन्यो भने होइन तिम्रो लागि म जे पनि गरिदिन्छु । त्यसो नगर भनेर काउन्सिलिङ गर्यो । तर मलाई यिनीहरूले यत्रो गर्दा म किन चुप बस्ने भन्ने भएर म त्यसै दिन तीनकुने पुलिसमा गएँ ।

तर पुलिसले यो बबरमहल एरियाको केस भएकाले सिंहदरबार प्रहरी वृतमा पठायो । अनि म सिंहदरबार प्रहरी वृततिर लागेँ । तर मेरो निवेदन प्रहरीमा दर्ता हुन नपाई सरस्वती डंगोलले फेरि ब्रेनवास गर्न थाल्यो । सरस्वती चाहिँ उनीहरुकै लयर हो । उनले यसो नगर कृष्णमान प्रधानसँगै तिम्रो पनि इज्जत जान्छ समाजमा । नगर नगर भनिन् । एकचोटी कृष्णमानको कुरा सुन भनी । अनि झन्डै दुई घण्टा उनले मलाई कन्भिन्स गर्न खोजेपछि कृष्णमानले भट्छु भनेका छन् जाउँ भनिन् । तर मलाई नेपाल कानून समाजको अफिसमा जान डर लाग्यो । किन भने अगाडि नै त्यहाँ म माथि भौतिक क्रमण भएको थियो । त्यसकारण मैले भनेँ– त्यहाँ होइन, अरु कुनै ठाउँमा हो भने हुन्छ । अनि कृष्णमान नै सरस्वती डंगोलको अनामनगर अफिसमा आयो । आएपछि उसले मेरो इज्जत जान्छ । म दःखबाट माथि आएको मान्छे । पुलिस केस नगर भनेर कन्भिन्स गर्न थाल्यो । रोयो पनि । तिमिले जे भन्छौ बरु मैले त्यो गरिदिन्छु भन्यो ।

कृष्णमानले जसोतसो मलाई कन्भिन्स ग¥यो । पछि कृष्णमानले के भन्यो भने यो कुरा बाहिर ननिकाल भन्दै २५ लाख रुपैयाँ अफर ग¥यो । अनि मनि लाउन्ड्रिङलाई शो गर्नुपर्छ भन्दै सहिछाप गर्न भन्यो । अनि मैले सहीछाप गर्दिन भन्दा जबरजस्ती दबाब दिए । त्यसपछि गणेशमानले यौनशोषण गरेको होइन भनेर लेख्न लगायो । तर मैले मानिन ।

त्यसपछि पनि कृष्णमानले मसँग यौन शोषण गर्न छाडेन । जसकारण म बर्बाद हुँदै गएँ । त्यो पैसामा थामथुम हुन्छ भन्ने लागेर होला मलाई यौन शोषण गरिनै रह्यो । यहाँ जाहेज कुरा के छैन भन्दा मलाई जुन तरिकाले प्रलोभन देखाएर तान्यो, उसको पावरको प्रभाव देखाएर जसरी मलाई प्रलोभनमा पा¥यो, मसँग त्यत्रो शारिरीक सम्पर्क ग¥यो त्यसपछि लास्ट लेवलमा ल्याएर बाटोमा तँ मरेपनि मलाई मतलब छैन भन्ने हिसाबले व्यवहार ग¥यो नि त्यो चाहिँ गलत भयो भन्ने मेरो कुरा हो । ४/५ महिना पहिल्यै पनि मैले पुलिसमा कृष्णमान विरुद्ध उजुरी हालेको थिएँ । अनि पुलिसले बयान लिन बलाएको पनि थियो । तर कृष्णमानले मेरो घरपरिवारलाई प्रभावमा पारेर त्यो फिर्ता लिन भन्यो । कृष्णमान आफै मेरो अगाडि आएर रोयो । अनि म आफै त्यो कम्प्लेन फिर्ता लिन बाध्य भएँ ।

यौनशोषणसँगै अहिले कृष्णमानले नानाथरीका गालीगलौज गर्छन् । मलाई यिनीहरूले बेस्याको रुपमा व्यवहार गरे । पालग, हैसियत नभएको आईमाई, बेवारीसे आईमाई भनेर त कृष्णमानले भनेकै छ । शरीर बेचेर खाने आईमाई, सडकछाप आईमाई भन्ने जुन तरिकाको वर्डहरू मैले सहन सकिन । त्यसपछि मैले फेरि उनीविरुद्ध ६/७ हप्ताअगाडि महिला सेलमा उजुरी दिएँ । त्यो अहिले पनि छ । तर त्यो कृष्णमानले इन्डाइरेक्टली पावर लाएर प्रोसेसिङमा नजाने गरिसक्यो । अहिले उनीहरूले जबरजस्ती सहमतिको शारिरीक सम्बन्ध हो भन्ने देखाउन खोजेका छन् । जुन कदापी होइन ।

कृष्णमानले मलाई तिमी केही कुराका लागि पनि चाहिँदैन । पाँच लाख रुपैयाँ दिएर कट्रयाक्ट किलर हायर गरेर मारिदियो भने के हुन्छ भनेर धम्क्याएको छ ।

मैले मेसेजहरूमा धेरै गालीगलौज गरेँ भनेर उल्टै सीआईबीमा केस फाइल गर्छु तिमीविरुद्ध विरुद्ध, साइबर क्राइमको मुद्दा हालिदिन्छु भनेर धम्क्याइरहेका हुन्छन । सिंहदरबार प्रहरी वृतका इन्सपेक्टरले मलाई उल्टै के भनेका छन् भने मैले चाहिँ नेपाल कानून समाजको अफिसमा आएर दंगाफसाद गरेर कम्प्युटर तोडेको, कृष्णमान र गणेशमानको घरमा गएर दंगाफसाद गरेकोले शान्तिसुरक्षा चाहियो । अनि मैले आत्महत्या नोट पठाएर उनीहरूलाई दंगाफसाद गरेँ रे ।

हो मैले आत्महत्याको नोट पठाकै हो । किन भने भोलि म यो टर्चरका कारण मर्नैपर्ने स्थिति आयो भने यसको जिम्मेवार कृष्णमान, गणेशमान, कृष्णमानको पूर्वप्रेमिका, एलिश श्रेष्ठ हुन्छन् । किन भने उनीहरूले नै मलाई यो परिस्थतिमा ल्याएका हुन् । मैले कम्प्युटर तोडेको होइन भनेर मैले भनिसक्या छु । कृष्णमानको घरको कुरा चाहिँ खासमा उनीरूले नै त्यहाँ मलाई बोलाएका हुन् । कृष्णमान, उसको बुढी मुना भन्ने, पूर्वप्रेमिका, म र गणेशमान बसेर सबै सटआउट गर्ने भनेर बोलाएको हो । त्यसक्रममा भनाभन चाहिँ भा हो । कृष्णमानले तँलाई सिध्याइदिन्छु भनेर हात हाल्न पनि खोज्या हुन् । उसको भाइ र बुढीले भित्र तान्दै लग्यो । म त्यहाँबाट निस्कन खोज्दाखेरी मलाई नै उनीहरूले उल्टै ठेलीठेली कोठाभित्र हुल्न खाजेका छन्, जसको मसँग सीसीटिभी फुटेज पनि छ । मैले दंगाफसाद कसरी गरेँ त ?

यो विषय नेपाल कानून समाजका सबैलाई थाहा छ । तर उनीहरू सबै कृष्णमानकै पक्षमा छन् । मेरो पीडाबारे कोही बोल्दैनन् । अहिले पनि जिउज्यानको एकदम रिस्क छ मलाई । उनीहरु एकदम माथिका लेबलका मान्छे । कृष्णमानले भन्थे– पुलिस मेरो, प्रधानमन्त्री मेरो अनि अदालत मेरो । तिमी कहाँ जान्छौ कम्प्लेन गर्न ? यो सेन्टेन्स्ले बुझाउँछ कि उसले मलाई कतिको ट्रयापमा पार्न सक्छन् ।

उसले मिडियामा नजाउ भनेको धेरै हो । तर अत्याचार भएपछि म मिडियामा आएकी हुँ । मलाई के लाग्यो भने यो मान्छेको अनुहार बाहिर मान्छेले चिन्नुपर्छ । भोलि अर्को महिला म जस्तो भिक्टीम नहोस भनेर मैले यो कुरा बाहिर ल्याएकी हुँ । म सरकारलाई के भन्न चाहन्छु भने मैले जे बोलिराछु सत्य बोलिराछु । सकिन्छ छानबिन गरेर अगाडि बढाओस् सरकारले, होइन भने ठिकै छ एउटा अपराधी बाहिर घुमिराखोस् । धेरै भए भोलि मलाई प्याट्ट मारिदेला, तर एटलिस्ट सत्य कुरा बाहिर सबैलाई थाहा हुन्छ ।

नेपालको केसमा पुरुषको गल्ती भएपनि महिलालाई बढी गाली गर्ने प्रवृत्तिका कारण पनि धेरे महिला यस्ता किसिमका शोषण सहेर बस्ने गरेका छन् । यो समाजको गाली खाने डरले खासमा म पनि यसरी सार्वजनिक गर्न चाहन्नथेँ । तर पीडा खप्दाखप्दा नसक्ने स्टेपमा पुगेपछि विकल्प केही रहेन । अनि चाहिँ म यसरी बाहिर यो कुरा सार्वजनिक गरेकी हुँ ।