वि.सं.२०८१ असार २९ शनिवार

खप्तडटिभी डटकमले मनायो पहिलो वर्षगाँठ (फाेटाे फिचर)

खप्तडटिभी डटकमले आफ्नो पहिलो वर्षगाँठ मनाएको छ ।

स्थापनाको पहिलो वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा एक कार्यक्रम गरी खप्तडटिभी डटकमले पहिलो वर्षगाँठ मनाएको हो ।

अंग्रेजी पात्रो अनुसार ९ मार्च २०२२ मा खप्तडटिभी डटकम सञ्चालनमा आएको र स्थापनाको पहिलो वर्ष मै जनपक्षीय पत्रकारिताको अभ्यासमा आफुलाई उभ्याएको खप्तडटिभी डटकमका सञ्चालक एवं प्रधान सम्पादक गणेश विकले बताए ।

उनले आफ्ना संस्थापक सम्पादकलाई प्रहरी प्रशासनले अनेकन् तिकडम गरेर हिरासतमा लिएकोप्रति आपत्ति जनाए । उनले आफ्ना सम्पादक रिहाइको माग समेत गरे । प्रधान सम्पादक विकले स्थापनादेखि हालसम्म साथ सहयोग एवं सल्लाह सुझाव दिने सबै तप्का एवं व्यक्तित्वप्रति आभार प्रकट गरे ।

कार्यक्रमका विशेष अथिति एवं श्रमजीवी–पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले खप्तडटिभी जस्ता स्वरोजगार मिडियाले नै जनताका विषय निर्धक्कसँग लेख्न सकेको र मूलधार भनिएका मिडियाले भने पत्रकारिताको स्वच्छतालाई धुमिल पार्ने काम गरेको बताए । उनले कर्पोरेट भनिने मिडियाले पत्रकारितालाई व्यापार बनाएको समेत टिप्पणी गरे ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय, प्रदेश एवं जिल्ला नेताहरु, श्रमजीवि पत्रकार, समाजसेवी, अधिकारकर्मी एवं पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरु सहभागि भए । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय नेताहरुले खप्तडटिभी डटकमले छोटो समय मै आफुलाई डिजिटल मिडियाको भीडमा खरो उतारेको भन्दै प्रशंसा गरे ।

उनीहरुले आगामी दिनमा विषयवस्तु उठानमा अझै सशक्त बनाउन सुझाव दिँदै उनीहरुले प्रगतिको कामना समेत गरे । खप्तडटिभी डटकम गुरु गणेश मिडिया प्रा.लि.द्वार सञ्चालित अनलाइन न्यूज पोर्टल हो ।

यसले जनचासोका विषय उठान र सामाजिक विकृति एवं विसंगतिविरुद्धका खोज सामग्रीलाई मुख्य अभियान बनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.