वि.सं.२०८३ कात्तिक २२ आइतवार

बाहिर शाकाहारी भन्ने, भित्र मान्छेको रगत पिउने, खगेन्द्र सुनारकाे अडियो कहाँसम्म पुग्यो ?

बाहिर एउटा छवि, भित्र गम्भीर आरोप! आखिर के हो वास्तविकता ?

भनिन्छ नि, मान्छेलाई बाहिरी आवरणबाट झट्ट हेरेर चिनिन्न । हो, नेपालको राजनीतिक क्षेत्रमा चर्चामा रहने अधिकांश पात्रको बाहिरी आवरण एउटा हुन्छ, भित्र अर्कै । त्यस्ता पात्र मध्येमा एक पूर्व सभामुख थिए, जो अहिले हामीमाझ छैनन् । ति दिवंगत पूर्व सभामुख बाहिर जति शालीन रुपमा प्रस्तुत हुन्थे, भित्र उनी त्यति नै छाडा थिए ।

उनी बाहिर जति भद्रता प्रस्तुत गर्थे, भित्र अति अश्लीलता प्रष्फुटित हुन्थ्यो, उनको मुखबाट । यहाँनेर नामै लिनु उपयुक्त नहोला । तर, अहिले उनलाई पनि जित्ने काम गरे, वर्तमान प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले ।

याे पनि पढ्नु..

सीतापाइलाको फ्ल्याटमा कुट्दा खगेन्द्र हिरासतमा, सौराहामा कुट्दा सात दिन मन्त्रालय गईनन् पीडित

पहिले नेपाली कांग्रेसबाट दैलेखमा र्यापोटर भएर खटिएका खगेन्द्र अहिले सत्ता हाकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद छन् ।

तर, उनी झन् उत्ताउलो बन्दै गएका छन् । कुनै बेला नेपालको राष्ट्रिय जनावर गाई काटेर खाँदा के फरक पर्छ भनेर विवादमा आएका उनी जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा झण्डै श्रम मन्त्री बनेनन् ।

त्यै बेला उनलाई एक महिला कानून व्यवसायीलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको र सञ्जाल मै अश्लील गाली गलौच गरेको र विभिन्न धम्की दिएको आरोपले मन्त्रीको शपथ लिनबाट रोक्यो ।

तर, पछि तत्कालीन अन्तरिम सरकारले चुनाव गरायो, त्यो आरोप मान्छेहरुले विर्से । खगेन्द्र उम्मेदवार बने, चिठ्ठा परिगयो, सांसद । अहिले उनी असनमा छोडेको साँढे भन्दा चर्को भएका छन् ।

सबैलाई थर्काउँदै, धम्काउँदै, मजाक उडाउँदै हिँड्छन् । हुँदा हुँदा उनले विवाह गर्ने आश्वासन दिएर एउटा महिलालाई घर न घाट बनाएको घटना बाहिर आएको छ ।

उनले पहिले प्रेम जालमा पारेर, ती महिलासँग हुने नहुने सब थोक गरेर, अश्लील भिडियो खिचेर रकम असुल्ने धन्दा चलाएको खुलासा भएको छ ।

खप्तडटिभीडटकमलाई प्राप्त अडियोमा सांसद खगेन्द्र सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लिल भिडियो बनाएर ’ब्ल्याकमेल’ गरेको सुनिन्छ । दोहोरो सम्वाद रहको अडियोमा खगेन्द्रले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए ‘मारेर, रगत खाने’ धम्की दिएको सुनिन्छ ।

भन्नलाई उनले एउटा अन्तर्वार्तामा आफुलाई शाकाहारी भनेका थिए । त्यति मात्र होइन, ओशो सन्यासी भएर पनि हिँडेथे । ती सबै हात्तीको देखाउने दाँत जस्तै रहेछन् भन्ने तथ्य अडियो प्रकरणले खोलेको छ ।

बाहिर आएको रअ (असम्पादित) अडियो क्लिप त सार्वजनिक स्थानमा सुन्नै नसकिने खालको छ । खगेन्द्रले प्रयोग गरेका शब्द सुन्नलाई लाज, सरम सबका सब पचाउनु पर्छ । शुरुमा ती महिलाले तनावका कारण आफ्नो फेसबुक अकाउण्ट डिएक्टिभेट गर्नु परेको सुनाएकी छन् ।  तर, ठूल ठूलो स्वरमा खगेन्द्रले ‘आज तेरो रगत कसरी खान्छु,पख्’ भन्दै अकाउण्ट डिएक्टिभेट नगर्न चेतावनी दिएका छन् ।

त्यसपछि महिलाले ‘गर्न खोजेको, भएन’ भनेको सुनिन्छ । तर, सुनार झन आक्रोशित हुँदै भन्छन्, ‘किन गरेको डिएक्टिभेट ? साँझ म पुग्दासम्म एक्टिभेट भएन भने हेर्दै जा, के हुन्छ !’
बागमती प्रदेशको पूर्व राज्यमन्त्री समेत रहेकी ती महिलालाई खगेन्द्रले तत्काल राजीनामा दिन निर्देशन दिएको पनि अडियोबाट खुल्न आएको छ ।

उनले धम्कीपूर्ण अश्लील गाली गलौज गर्दै भनेका छन्, ‘म पुग्दासम्म राजीनामा दिएर तेरो संसदीय दललाई बुझा,बुझिस् कि बुझिनस् ? तेरो काल नजिक आइराको छ,पख् !’, जवाफमा महिलाले डराएको स्वरमा ‘बुझेँ’ भनेकी छन् । त्यसपछि सोध्छिन्, ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ ?’
ती महिलाले अगाडि भनेकी छन्, ‘मलाई बूढी भन्ने, तर सधैँ कुट्ने, पिट्ने, काट्छु भन्ने, मार्छु भन्ने, मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने, पैसा दिन्नँ भनेपछि पिट्ने, आखिर मैले यो कहिलेसम्म सहने ?’

अडियो संवादमा त्यसपछि पैसाको बार्गेनिङ चलेको सुनिन्छ । खगेन्द्र भन्छन्, ‘मलाई साँझसम्म चाहिन्छ, साँझ ८ बजेसम्म हुन्छ नि हैन पैसा ? ओइ, सुनिस्, साँझ आउँछ नि हैन ?’ महिला डराउँदै जवाफ दिन्छिन्, ‘हस्’ ।
‘पैसा आउँछ कि आउँदैन ?’ भन्दै खगेन्द्रले लगातार थर्काएपछि महिलाले मलिन स्वरमा भनेको सुनिन्छ, ‘म चुप लागे पनि कराउनुहुन्छ, पैसा दिन्नँ भन्दा झन् कराउनुहुन्छ ।’ त्यत्तिकैमा सुनारले फेरि थर्काउँछन्, ‘यो र त्यो भनेर दोहोरो प्रश्न गर्ने होइन,तेरो त आज पख् !’
‘हिरोको आमालाई, हिरोइनलाई बलात्कार गर्दा भिलेनलाई जस्तो आनन्द आउँछ नि, त्यस्तै भै’राछ ।’ आफ्नो बदनाम हुने डरमा ती महिलाले अन्ततः बाध्य भएर भन्छिन्, ‘हस्, तपाईंलाई पैसा नै चाहिएको हो भने म जसरी भए पनि रेडी गर्छु ।’  त्यसपछि खगेन्द्रले थप कन्फर्म गर्न सोध्छन्, ‘जहाँ गएर हुन्छ, मलाई पैसा पठा । बुझिस् कि बुझिनस् ?’ महिलाले ‘बुझेँ’ भनेपछि खगेन्द्र कुनै चलचित्रको खलनायक झैँ हा हा हा गर्दै हाँसेको पनि अडियोमा प्रस्ट सुनिन्छ ।

खगेन्द्रको हाँसो नरोकिएपछि ती महिलाले रुँदै सोध्छिन्, ‘मैले के बिगारेको थिएँ र तपाईंले यस्तो गर्दै हुनुहुन्छ ?’
खगेन्द्रले अर्थमन्त्री समेत भइसकेका एक कांग्रेस नेतासँग नाम जोडेर ती महिलालाई ‘वेश्या’ भन्दै गालीगलौज गरेको पनि अडियोमा सुनिन्छ । भनेका छन्, ‘दुनियाँसँग सुतेकी यस्तालाई माननीय भन्नुपर्ने रे….हा हा हा ।’

ती महिलाले तत्कालीन बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई समेत पीडा सुनाएर खगेन्द्रलाई सम्झाइदिन आग्रह गरेको बुझिएको छ भने उनले मुख्यमन्त्री कार्यालयमा उजुरी नै गरेको बताइएको छ ।

जेन्जी आन्दोलनको नाममा देशै खरानी पारेर उदाएका राजनीतिकर्मी मध्येका एक खगेन्द्र सुनार सम्भवतः खलनायक नै ठहर हुन बेर छैन ।

उनीविरुद्ध उनको पार्टीको अनुशासन आयोगले छानविन सुरु गरेको छ भने सरकारको अनुसन्धानमूलक निकायलाई निष्पक्ष छानविन गर्न भनी आग्रह समेत गरेको छ । रास्वपाले पीडित महिलासँग समेत भेटेर बुझी खगेन्द्रमाथि एक्सन लिने भएको छ ।

आफ्नो काण्ड छताछुल्ल भइसक्दा समेत नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई फुली फुकालेर चुनाव लड्न आइज भनेर कुर्लिरहेका खगेन्द्र अहिले भने फरार हुने बाटो खोजिरहेको बुझिएको छ ।

खगेन्द्रको बैंकिङ कारोबार पनि गम्भीर शंकास्पद

राजनीतिक दलका नेतादेखि प्रहरी प्रमुखलाई भ्रष्ट भन्दै सराप्दै हिँडिरहेका खगेन्द्रको  वित्तीय कारोबारसमेत शंकास्पद देखिएको छ । उनले दलित अधिकारको आन्दोलनका लागि भन्दै देशै भरिका सुन पसलबाट चन्दा संकलन त गरे नै बाह्य मुलुकबाट समेत अवैध रकम बुझेको तथ्य बाहिर आएको छ ।
खगेन्द्र समूहले सिटिजन, एनआइएमबी, महालक्ष्मी, कामना सेवालगायत बैंकमा रहेका खाताबाट गरिएका कारोबार अस्वभाविक देखिएको हो ।

उनले युके, जापान, भारतसहितका विभिन्न देशबाट लाखौँ रुपैयाँ खातामा आएको अभिलेखबाट देखिन्छ । तर, पैसा कुन प्रयोजनका लागि पठाइएको भन्नेबारे भने प्रष्ट भइसकेको छैन ।

त्यसबारे अनुसन्धान भइरहेको छ भने खगेन्द्र समूहले गरेको कारोबार र स्रोतमाथि शंका गर्नुपर्ने प्रशस्त आधार रहेको भनिएको छ ।

यस विषयमा सांसद खगेन्द्रसँग बुझ्न खोज्दा उनको सचिवालयले अनेकन बहाना बनाएर टार्ने गरेको छ । तर, सांसद खगेन्द्रमाथि ठूलै कारबाही हुने भने पक्का छ ।

खगेन्द्र प्रकरणको छानबिनमा सहयोग माग्दै रास्वपा जनआस्थामा पुग्यो 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद खगेन्द्र सुनार अडियो प्रकरणको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र छानविन समिति गठन गरेको छ ।

सैनिक अदालतका पूर्व अध्यक्ष तथा पूर्व न्यायाधीश लेखनाथ पौडेल नेतृत्वको अनुशासन आयोगले उपाध्यक्ष तथा अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति बनाएको हो । समितिले अनुशासनात्मक जाँचबुझ कार्य अघि बढाइसकेको र आवश्यक प्रमाण जुटाउने काम शुरु भएको बताएको छ ।

यसैबीच छानविन समितिले प्रमाण उपलब्ध गराइदिन आग्रहसहित जनआस्थालाई पत्रसमेत पठाएको छ । छानविन टोलीका सदस्यहरूले आज झम्सिखेल,ठाडोढुंगास्थित जनआस्था कार्यालयमा दर्ता गरेको पत्रमा सांसद सुनारउपर सामाजिक सञ्जालमा आएका समाचारका सम्बन्धमा आवश्यक जानकारी माग्दै अडियो,भिडियो र अन्य कागजात उपलब्ध गराई छानविन कार्यमा सहयोगको आग्रह गरिएको अध्यक्ष किशोर श्रेष्ठले खप्तडटिभीलाई बताए ।

त्यसक्रममा टोलीले आस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठसहित सम्पादक मण्डलसँग छलफल गर्दै महिला र बालबालिकासँग जोडिएका सवालमा पार्टी अत्यन्तै संवेदनशील रहेको र यस घटनाको पनि सत्यतथ्य जस्ताको तस्तै बाहिर ल्याउने जानकारी दिएका थिए । त्यस्तै,छानविन समितिलाई पार्टी नेतृत्वको पूर्ण साथ र सहयोग रहेको उल्लेख गर्दै स्वतन्त्र ढंगले छानविन गर्ने बिश्वास दिलाएका थिए ।

जनआस्थाले अरु प्रकरणको जस्तो छानबिन प्रतिवेदन लुकाउन नपाइने,जापानको राजदूत सिफारिसमा जस्तो ३ चोटीसम्म भैसकेको रध्द गर्ने निर्णय नेताको फोनले तलमाथि हुन नहुने सुझाव दिएको थियो ।