वि.सं.२०८२ माघ ९ बिहीवार

उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य कल्पना गैरे ठगी आरोपमा पक्राउ

करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा ३९ वर्षीया कल्पना गैरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

पाल्पा घर भई सुदूरपश्चिम प्रदेश कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी गैरे ‘मिटरब्याजी’का नामले चर्चित छिन्। उनले हजारौं नागरिकलाई ठगेको सुचना प्राप्त भएको छ ।

 

मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनी धनगढीको चौराहामा रामधुलाई समेत भेटेकी थिइन्।

उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य समेत भईसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्।

हाल उक्त अस्पताल बन्द रहेको स्राेतले बताएको छ।

उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य नाईकेकाे रूपमा चिनिन्छिन्।

कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी लुकेर बसेको प्रहरीले स्राेतले बताएको छ।

नेपाल प्रहरीका अनुसार, गणेश ढकालले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट पक्राउ गरेको हो।

काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशपछि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि माइतीघर प्रहरी कार्यालयमा बुझाएको छ।

गैरेमाथि जबरजस्ती चोरी, ठगी, र आपराधिक लाभ लिएको आरोप लागेको छ। प्रहरीले उनी फरार हुने र प्रमाण नष्ट गर्ने सम्भावना रहेकाले तत्काल पक्राउ गरिएको जनाएको छ।