वि.सं.२०८१ जेठ ६ आइतवार

संखुवासभाको समृद्धि मेराे पहिलो एजेन्डा : दिपक याक्खा

मंसिर ४ मा हुन लागेको आवधिक निर्वाचनमा संखुवासभा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका एक परिपक्व, विवेकशील तथा निष्ठावान उम्मेदवार हुन् ।

नेपालको परिवर्तनकारी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका याक्खा राष्ट्रियअहित एवं सामाजिक बेइमानीसँग कहिल्यै सम्झौता गर्नु नहुने पक्षमा सदैव अग्र मोर्चामा रहेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को तर्फबाट संखुवासभाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन्।
राष्ट्रियता तथा सामाजिक एकताको विगुल फुक्दै हिड्ने युवा नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक याख्खासँग खप्तडटिभीले गरिएको संक्षिप्त कुराकानी :                      चुनावी अभियान कस्तो हुदैछ ?

संखुवासभाका जनसमुदायहरू सहितको घरदैलो अभियान राम्रो भइरहेको छ । घरदैलो अभियानसँगै जनताहरूसँग भेटघाट गरिरहेका छौँ ।

हाम्रो मुद्दा र एजेण्डालाई लिएर हामी मतदाताको घर-घरमा पुगिरहेका छौँ । घरदैलो अभियान एकदमै उत्साहजनक छ ।

जनताकाे घरदैलोमा कस्ताकस्ता एजेन्डा लिएर जानू हुदैछ ?

सांसदको काम भनेको कानुन निर्माण गर्ने हो । कानुनमा भएका समस्याहरूलाई समाधान गर्ने र समग्र रणनीतिक योजना सहित संखुवासभाको समग्र विकास तथा जातजाति, भाषाभाषी तथा संस्कृति, संखुवासभा पर्यटनको निकै सम्भावना भएकाेले पर्यटनलाई व्यावस्थित गर्ने लगायत आम जनताका समस्याहरू छन् त्यसलाई समाधान गर्ने एजेन्डा लिएर जनताकाे मत र मन माग्दै जनताको घरदैलोमा गइरहेको छु।

संखुवासभामा आत्मनिर्भर अर्थतन्त्र, अत्यधिक कृषि उत्पादन हुने क्षेत्र, सयौं थरिका जडिबुटी पाइने ठाउँ हो । संखुवासभा पर्यटकीय हिसाबले अति नै लाेकप्रिय सम्भावना भएको क्षेत्र हाे आन्तरिक तथा बाह्य पर्यटनलाई भित्र्याएर आम्दानीको स्रोत बनाउने याेजना सहित जनतामा गएका छाैं ।

संखुवासभालाई समृद्ध बनाउकाे लागि मेराे उम्मेदवार हाे ।

जनताको प्रतिक्रिया कस्ताे पाउनु भयाे ?

समग्रमा जनताकाे प्रतिक्रिया उत्साहजनक छ। अघिल्लाे पटक निर्वाचित भएका नेताहरूले कामै नगरेको गुनासो छ । त्याे गुनासाहरूले मलाई जसरी पनि जित्न पर्ने भएकाे र जनताले यसपटक तपाईंलाई हाम्रो आशिर्वाद भनेका छन् । यहाँबाट जितेर राजधानी गएपछि प्रतिनिधिहरू जिल्ला फर्किएर नआएकोमा जनताको ठुलो आक्राेस छ । सरकारी कार्यलयकाे ढिलासुस्तीले जनताले पाउनु पर्ने सेवासमेत नपाएकोमा जनताहरू आक्राेसित छन् ।

विकासको सम्भावना हुदाहुदै पनि अघिल्लो पटक निर्वाचित प्रतिनिधि सांसद विकास गर्नकाे साटो काठमाडौंमा तलबभत्ता खाएर बसेकाे आराेप छ । हामी जनताको मन र मत माग्न जादै गर्दा बाटाेकाे अवस्था देखेर पनि प्रष्ट भयाे । बाटाेकाे अवस्था नाजुक छ, वर्षको समयमा बाटो बन्द हुन्छ ।

मतदाताको कुरा सुन्ने समय तपाईंलाई भयाे, कि भएन ?

अवस्य पनि मतदाताको कुरा सुन्ने समय मसँग छ र सुनिरहेकाे छु । देश बनाउछु भनेर जितेर गएकाले संखुवासभालाई आसवाेसन मात्रै देखाएको, बेवास्ता गरेको, बाटाका खाल्डाखुल्डी समेत नपुरेकाे, सरकारी कामकाजमा ढिलासुस्ती भएको गुनासो मतदाताहरूकाे छ । अघिल्लो पटक ५ वर्षको लागि जितेर संखुवासभा बनाउछु भन्नेहरूलाई मतदाताको प्रश्नैप्रश्न छ ।
लाेकतन्त्रमा जनता जागरूक भईसकेका छन्। आँखामा आँखा जुझार नेतासँग जनताले प्रश्न गर्न सक्ने क्षमता र हिम्मत पाएको छु। त्यसकारण जनतालाई झुट्टाे आस देखाउन हुँदैन ।

मतदाहरूकाे आम समस्या छन्, हिजाे जितेर गएकाहरू भाेट माग्न आउदा नमस्ते गर्दै आए जितेर गएपछि फर्किएर नआएको दुखेसो र गुनासो मैले राम्रोसँग सुनेकाे छु, र भनेको छु `तपाईंले मलाई जिताउनुहाेस त्यसपछि तपाईं मतदाता र म सँगसँगै संखुवासभाको समृद्धिमा हुनेछौं ।´तपाईंले जिते संखुवासभाले के पाउछन् ?

मैले जितेको खण्डमा संखुवासभालाई समृद्धिमा पुर्‍याउने मेराे पहिलो लक्ष्य छ। जनताले पाउनु पर्ने अधिकारकाे सुनिश्चित हुन्छ । स्वास्थ्य, शिक्षा, राेजगार, कृषि तथा पर्यटन विकासमा जुन मैले गरेको संकल्प र प्रतिबद्धता छन त्याे पूरा हुन्छ । जनताको हरेक समस्या मेराे सहकार्य हुनेछ । मैले जितेर गएपछि जनताको हरेक प्रश्नकाे जवाफदेही हुनेछु,आम मतदातालाई पश्चाताप हुने परिस्थिति आउन दिने छैन।
अन्त्यमा मैले जनतासँग गरेका संकल्प र प्रतिबद्धतामा दायाँबायाँ हुने छैन्। अघिल्लो पटक निर्वाचित भएर जानू भएका सांसदहरूले जनतामा देखाए जस्तो व्यबहार कदापि हुने छैन । जनताको हरेक समस्यासँग मेराे हातेमालो हुने छ, जनताको मन र मतमा विश्वासघात गर्ने छैन त्यसकारण मलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा बहुमतका साथ मत दिएर विजयी गराउनु हुनेछ भन्ने पुर्ण विश्वास सहित संखुवासभाली जनतालाई मन र मत दिनुहुन हार्दिक अनुरोध गर्छु ।