वि.सं.२०८१ कात्तिक २८ बुधवार

शिवपुरी गाउँपालिकाका अधिकृत भट्ट सरकारी बाईकसहित मसाज सेन्टरबाट पक्राउ

नुवाकोटको शिवपुरी गाउँपालिकाका वरिष्ठ अधिकृत ज्ञानेन्द्र भट्ट ललितपुरको एक मसाज सेन्टरबाट पक्राउ परेका छन ।

केही समयसम्म गाउँपालिकाको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भट्ट नयाँ प्रशासकीय अधिकृतको रूपमा बसन्त कार्की आएपछि केही दिनको बिदा लिएर हिडेँका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी अंगुर जिसीका अनुसार बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित भट्ट प्रहरी नियन्त्रणमा परेका हुन ।

उनी गाउँपालिकामा विदा लिएर काठमाडाैँ आएका थिए ।

सोमबार अपरान्ह २ः३० बजे बखुण्डोलमा रहेको गोल्डेन डोर सफ्ट स्पा एण्ड ब्यूटीमा पुगेका भट्टको बारेमा प्रहरीकोमा खबर पुगेपछि प्रहरीले सरकारी सवारीसाधनसहित नियन्त्रणमा लिएको थियो ।

कार्यालय समयमा सरकारी सवारीसाधनसहित कर्मचारी मसाज सेन्टरमा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरीले अपरान्ह ४ः ३० बजे मोटरसाइकलसहित पक्राउ गरेको भट्ट अहिले प्रहरीबाट मुक्त भैसकेका छन् ।