केहि बर्ष अगाडी म जतिबेला गाउँमा थिए । राजनीति के हो ? अहिले पनि मज्जाले बुझ्न सकेको छैन । त्यो बेला त राजनीतिबारे चासो लिनुपर्ने आवश्यकता पनि थिएन । निर्णयात्मक भुमिकामा दलितहरु पछि छन् है । अधिकारको लडाईमा बर्षौदेखि लडिरहेका छन् ।
जिल्लामै बसेर केही अनलाइन मिडियाहरूमा काम गरेपनि समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे बुझ्न सकेको थिएन् । समाज, समाचार, पत्रकार, पत्रकारिता र देशबारे वुझन र कलम चलाउन वाध्य वनाएको छ । यही समयमा भोग्नु परेकोका थुप्रै अवसर, चुनौतीहरुको भोगाई वाट शिक्षा लिदै अवसरको नयाँ सम्भावनाको यात्रामा छु । समाचार लेखेकै र जनताको पक्षमा यथार्थ कुरा वोलेकै कारण राज्यद्धारा पनि दमनको सामना गर्नु पर्ने अनौठो अवस्था सम्म भोगीयो ।
अनलाइनहरूमा काम गर्दै गर्दा २०७५ पुस १९ गते समाचार लेखेकै कारणले बझाङबाट पक्राउ गरि १२ दिन सम्म काठमाडाैंकाे टेकु हिरासतमा बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएको स्मरण भइरहन्छ । त्यति बेला म २१ बर्षको थिए । त्यस्तो वेला पनि कतिपय अग्रज पत्रकार ठान्नेहरुबाट पनि सहयोग नपाईएको भोगाइ छ । त्यसैले पनि उत्पीडित वर्गका तर्फवाट मिडियाको आवश्यता जरुरी भयो । जनताको पक्षमा वकालत गर्ने मिडिया नहुदा आज वर्ग स्वार्थमा मिडिया प्रयोग भइरहेको छ । दलालपुजीपति वर्गको रक्षा या सर्वहारा श्रमिजिवी वर्गको अधिकार सहितको सत्ता स्थापना यि दुवै धारमा मिडिया विभाजित छ । इमान्दार मिडिया प्रालिद्वारा सञ्चालित सञ्चारकेन्द्र अध्यक्ष/प्रकाशक कमल बुढादाईको लामो समयको पत्रकारितामा अनुभव र उँहाकाे सहयाेग म नेपालकाे राजधानी जस्ताे ठाउ काठमाडाैंमा स्थापित हुन गार्हो भएन ।
मलाई एक्लै देखेर होला आफुलाई अग्रज पत्रकार ठान्ने केहि पत्रकार साथीहरुले भन्ने गर्थे ‘यस्तो फुच्चेले पनि काठमाडाैंमा के प्रगति गर्छ ?’ ‘गणेश विकलाई त समाचार लेख्न नै आउदैन । यस्तै यस्तै भनाईहरु सुन्न पाइन्थ्यो । तर पनि जनताको मुक्तिको लागि, जनपक्षिय पत्रकारिताको लाईनमा लाग्दा विरोधीहरुका आग्रह पूर्वाग्रह, षड्न्त्रहरु स्वत खरानी हुदा रहेछन । त्यसैले पनि मैले तत्काल हार खाइन र यसको प्रतिवाद गरिरहन पनि उचित ठानिन ।
मेराे पहिलाे पत्रकारिताकाे सुरूवाती साइपालपाेष्ट डटकमबाट नै शुरु गरे बिस्तारै हामी हाम्रो अनलाइन पत्रिकाले लेख्ने समाचारहरु समाजका विकृति विंगति, दलाल र दलालीकर अनि भ्रष्टचारीको विरुद्ध हुन्थे । कुनै न कुनै हिसाबले प्रहरी प्रशासन सम्म पुग्थ्यो । त्यसैले गर्दा पनि होला प्रहरी प्रशासन लगायत भ्रष्टहरुसंग त्यति राम्रो सम्बन्ध थिएन । हामी आफ्नो यात्रालाई निरन्तरता दिदै गयौ । जुन कुरा डिएसपी प्रविन धितालले मन पराएका थिएनन् ।
मैले लेख्ने समाचार नरुचाएका डिएसपीले मलाई पटक पटक पक्राउको प्रयास गरे । उनीहरुले समाजलाई भड्काउने समाचार लेख्छ भन्दै पक्राउको लागि हरेक प्रयास गरे । केही पत्रकारहरुले पनि मलाई असहयोग गर्दै आए । जुन त्यो सञ्चार माध्यमहरुले दलीय कुरालाई प्रतिनिधित्व गर्छ । म कति पनि बिचलित भएन ।
धेरै पत्रकारहरु दलीय रुपमा विभाजित थिए । एकअर्कामा दलीय प्रतिशोध साध्ने र त्यही प्रकारलाई दलीय समाचारहरुलाई पक्षपोषण गर्थे । मैले लेख्ने समाचार परिवर्तनका पक्षमा हुन्थे । समाजका विकृति विंगति विरुद्ध हुन्थे । दलाल र दलालीकर अनि भ्रष्टचारीका विरुद्ध हुन्थे । दलाल र भ्रष्टचारीलाई मन पर्ने कुरै थिएन । ग्रामीण पत्रकारिताको दुख एक हदसम्म त थियो नै । अर्को राजनीतिक कार्यकर्ताले गरेको गलत क्रियाकलाप र भ्रष्टाचारका कुरालाई समाचार बनाउदा दलीय कार्यकर्ता र दलमा आवद्ध पत्रकारिता गर्नेहरुबाट निकै समस्यामा थिए ।
परिवतनका लागि विकृति विसंगति, दलाल र दलालीकर अनि भ्रष्टाचारीका विरुद्ध समाचारहरु लेख्दा राजनीतिक कार्यकर्ताहरुबाट त्यसलाई खण्डन गर्ने र दलमा आवद्ध पत्रकारहरुले त्यो समाचारलाई गलत बनाउने प्रयास हुन्थे । अर्को कुरा बझाङ जिल्लामा दलितको एक मात्रै मिडिया थियो । त्यसमा पनि जनपक्षिय आस्था राख्ने भएकै कारण मेरो परिपक्कता र क्षमतामाथि प्रश्न उठाउने दलमा आवद्ध पत्रकारबाट नै समस्यामा परेको थिए । तर कृष्णसेन ईछुक जस्ता पत्रकारहरुबाट पाएको उत्साह, उर्जा, प्रोत्साहन र उहाले हिडाएको निडर पत्रकारिताको लामो यात्रामा छु । जुन अविरल यात्रामा अगाडी लम्किरहने छु ।
ईच्छुक जस्ता महान ब्यक्तिले देखाएको बाटोमा अलिकति पनि विचलित नभई अगाडी बढने प्रयासमा छु । जुन मैले पत्रकारिता क्षेत्रमा पाएको चुनौती हुन् । जीवनमा चुनौती संगसंगै अवसर पनि अघि बढिरहेका हुन्छन रे । पत्रकारिता त्यसैपनि दुखीया कर्म हो । तर आवाज विहिनहरुको मर्म बोल्ने आधार हो ।
पत्रकारिताले विकृती, विसंगति, कुसंस्कार र वेथितिका विरुद्ध खवरदारी गर्छ । देशमा अमनचयन, सुशासन कायम गर्न राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लाई एकैसाथ पत्रकारिताले निगरानी गर्ने भएकाले पनि पत्रकारिता चौथो अंगको रुपमा स्थापित भएको छ । अधिकार, न्याय र समतामुलक समृद्धिका पक्षमा पत्रकारिताले सधै वकालत गर्छ । पत्रकारिताले आवाज विहिनहरुको आवाजलाई वाहिर ल्याउने र उनीहरुको पक्षमा सधै कलम चलाउँछ ।
विगतका दिनहरुमा पत्रकारिताले प्रजातन्त्र, बहुदल हुदै लोकतान्त्रीक गणतन्त्र ल्याउनमा ठुलो योगदान दियो । राजनीतिक परिवर्तनको भुमिका निभायो । विभिन्न कालखण्डलाई छलागं मार्दै पत्रकारिता अहिले सामाजिक परिवर्तनको अवस्थामा आएको छ । यसले नेपाली पत्रकारिताको जगतमा धेरै आशातित सुधार गरेको छ । धेरै मिडिया हाउसहरु खुलिरहेका छन् । जसको कारण कुनाकन्दराको जनताहरुलाई सू–सुचित बनाएको छ । धेरै संख्यामा पत्रकारहरुको संख्यामा बृद्धि भएको छ । धेरै संख्यामा पत्रकारको बृद्धि भएपनि दलितहरुको हकमा भने यो लागु भएको छैन । यसले पत्रकारितामा दलित सहभागिता कति र कुन अवस्थामा र किन भएन भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।
२००७ सालको क्रान्ति, ०४७ हुदै ०६२/०६३ को जतिसुकै राजनीतिक परिवर्तनहरु भएपनि समतामुलक मानिएको देशमा दलितको अवस्थामा आशा गरिए अनुरुप सुधार भएको छैन । दलितका लागि समाज, परिवेश र अवस्था जस्ताको तस्तै छ । पत्रकारिता सिंगो देशको निर्णायक अंग हो । तर यहि पत्रकारितामा दलित पत्रकारहरुको अवस्था जर्जर छ । सहभागिताको हिसावमा दयनिय छ ।
यसमा मुख्य समस्या समाजमा दलितलाई हेर्ने दृष्टिकोण र ब्रहमाणवादी सोचका अवशेषहरु नै हुन् । सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक जस्ता थुप्रै समस्याहरु छन् । तर यि मध्ये मुख्य कारण भनेकै राजनीतिक,आर्थिक,सामजिक र साँस्कृतिक विभेदका अवशेषहरु हुन । यि विभेदहरु समाज वाट हटेका छैनन् । झन वढेका छन । आज दलित पत्रकारहरु राजनीतिक,सामाजिक, साँस्कृतिक र आर्थिक रुपले सशक्त र आत्मनिर्भर पनि हुन सकेका छैनन् । यसको पछाडिको प्रमुख कारण राज्यसत्ता हो र यसको दोष हो ।
पत्रकारिता समतामुलक न्यायका लागि वकालत गर्ने संवैधानिक अंग हो । तर यहि अंगमा दलित सहभागिता एकदमै न्युन छ । मुलधारमा रहेका सञ्चारगृहमा त व्यवसायिक दलित पत्रकारलाई औलामा गन्न सकिन्छ । जिल्ला तहमा औलामा गन्न नपुग्ने अवस्था छ । कारण सामाजिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक हो । क्षमता र सक्रियतामा गैर दलितसरह प्रतिस्पर्धा गर्न सके पनि दलित भएकै कारणले तल रहनुपर्ने अवस्था हो ।
ब्रहामणवादी समाजमा योग्यता सक्षमता र दक्षता भएपनि दलित भएकैमा सामाजिक रुपमा हेपिनुपर्ने विवशता छ । जिम्मेवार क्षेत्रको जिम्मा दिन नचाहने, दलितलाई अगाडी बढाए गैर दलितहरु हेपिनुपर्ने, पछि पर्नुपर्ने डरले सञ्चारगृहहरुले सक्षमता र क्षमता हुदाहुदै पनि अवसरवाट वन्चित गरेको अवस्था पनि छ । पछिल्लो समय संख्यात्मक र गुणात्मक हिसाबले बढिरहेका छन् । तर बर्षौसम्म क्षमतालाई प्रदर्शन गर्ने वातावरण नपाएर धुरुधुरु रोएर कुर्सी छोडेका घटनाहरुपनि प्रशस्त उदाहरणका रुपमा पाइन्छन् ।
आज हामी एक्काइसौ शताव्दीको परिवेशमा छौ । अझ भनौ, ज्ञानविज्ञान र आधुनिकतामा छौ । दलित र गैर दलित एकै हुन भनिरहेका छौ । पत्रकारितामा लेखिरहेका छौ, आवाज बुलन्द गरिहेका छौ । तर यहि आवाजमा जानजान तगारो हालिरहेका छौ । रहर र भविष्य बुनेर आँट र हिम्मत कसेपनि पत्रकारितामा कुनै दलित पत्रकारहरुको झुकाव कोपिलामै निमोठिन्छ । निमोठदाँ निमोठिदै, चिमोटिदा चिमोटिदै काँडेतार नाघेर जम्न लागेका दलित पत्रकारका लागि चुनौती बनिदिन्छ । समाजले हेर्ने दुष्टिकोण र आर्थिक समस्याले झन चुनौती थपिदिन्छ ।
समाचार लेखेकै भरमा दलित पत्रकारको इज्जत माथि दाग लगाउने अनेक प्रपञ्च रचिन्छ । राजनीतिक दलका नेता, सरकारी कर्मचारीहरुले धाक धम्की देखाउने, लोभलालचमा फसाउने काम गरेर दलित पत्रकारहरुको भविष्यमाथि खेलबाड गरिरहेका हुन्छन् । यति मात्र हैन आफ्नै सञ्चारगृहका सहकर्मी पत्रकारबाट अपेहेलित हुनुपर्छ ।
समाचार लेखेकै रिसको आबेगमा दलित पत्रकारहरुलाई मानसिक रुपमा टर्चर दिने, उनको कामप्रति कुनै न कुनै बहानामा खोट लाइदिने गरेका छन् ।
म गरिबी परिवारमा जन्मिएको व्यक्ति हो । सानैदेखि केहि न केहि नयाँ काम गर्न मन लाग्थ्यो । विशेष गरि एफएम रेडियोका कारण सञ्चार क्षेत्रमा आकर्षित गराएको हो । काठमाडौँमा घुमघाम गर्न मन लाग्यो केही समको लागी बझाङबाट राजधनीतर आई पुगे । यहि शिलशिलामा ०७६ सालमा यस कान्तिपथ डटकममा काम गर्ने मौका पाए । पहिला म गाँउकै स्थानिय रेडियो र राष्ट्रिय अनलाइन मिडियामा काम गर्थे ।
तर काठमाडौं आएपछि एकदमै गाह्रो भयो मलाई खान बस्नदेखी लिएर सबै गाह्रो यसै बेला केही पत्रकारहरू साथिसँग चिनजान एकदमै राम्रो थियो मेरो । मैले दाइहरूलाई मलाई काठमाडौँमा काम गर्ने कुनै मिडियामा काम खोजी दिनु भने ।
तेसपछि दाइहरुले एकदमै सहयोग गर्नु भयो । संचारकेन्द्र डटकमका अध्क्षय कमल बुढा र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेब जैसीलाई मलाई काम खोजी दिनु भयो र मलाइ यो काठमाडौंजस्ताे स्वार्थि सहरमा जिउन बाच्न शिकाउनु भयो उहाँहरुको यो सहयोग जिन्दगी भर भुल्ने छैन् ।
तर यो काठमाडौंमा कोठा नै पाउन गाह्रो भयो कोठा खोज्नेक्रममा दलित भएकै कारण कोठा नपाउने समस्या आयो । एक महिना नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय गेस्ट रूममा बस्नु पर्ने बाध्यता भयो तेसपछि अफिसकै (प्रवन्ध निर्देशक) दाईहरूलाई भनेर अफिसमै बस्ने बातावरण भयो ।
त्यसपछि म कान्तिपथ मिडियामा एकदमै मेहनतका साथ अघि बढे सबैले रिष डाहा गरे तर मैले आफ्नो कामलाई निरन्तता दिइरहे । मलाई समाज परिवर्तन गर्ने सशक्त माध्यम पत्रकारिता अर्थात सञ्चार क्षेत्र रहेछ भन्ने लाग्यो । विद्यालय पढदाको एफएममा बोल्ने रहर र आफ्नो जीवनमा घटेको घटनाले मलाई पत्रकारितामा डो¥याउन सहयोग गरेको हो । यहि सन्दर्भमा मेरो इच्छालाई कान्तिपथ मिडियाले साकार पारेको हो । कान्तिपथ डटकमका संचालक देवराज चौलागाँइ र बिमल ढुँगेलले मेरो यात्रालाई काठमाडाैँमा टिकाउन थप सहयोग गर्नुभयो । र आजसम्म पत्रकारितामा रमाइरहेको छु ।
पत्रकारिता नितान्त समाजका लागि गरिने इमानको पेशा हो । यो पेशामा आफ्नो व्यक्तिगत इच्छा, आकाक्षा र स्वार्थ हावी हुनु हुँदैन । नितान्त समाजका लागि निस्वार्थ भएर इमानका साथ सत्यको पक्षमा बोल्ने, लेख्ने पेशा हो । पत्रकारिता जहिले पनि शक्ति र सत्ताको निगरानी गर्छ ।
सत्यका लागि शक्तिको विरोध गर्ने, सत्ताका लागि मरिहत्ते गर्ने गलत प्रवृतिको जहिले पनि विरोध गर्नुपर्छ । भनिन्छ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेको काम नागरिकका पक्ष छन की छैनन, यी तीनै अंगले गलत काम गर्दा त्यसको गल्ती औल्याउने काम सञ्चार क्षेत्रले गर्छ । यसकारण हाम्रो पेशालाई चौथौ अंग पनि भनिन्छ । तसर्थ यो पेशा स्वार्थ रहित व्यक्तिहरुले मात्रै गर्ने पेशा हो । कसैले चाहदैमा सजिलै गर्न सक्ने पेशा पनि होईन । निरन्तरको अध्ययन, आम नागरिकको सर्वोपरी हित गर्ने दृढ संकल्प सहित पत्रकारिता गर्नुपर्छ भन्ने मेरो मान्यता छ । हाम्रा अग्रज पत्रकारहरुले निकै निष्ठा र जीवनको उर्जावान समयको त्याग गरेर पत्रकारितालाई व्यवसायिक यूगमा ल्याउनुभएको हो । तसर्थ हामीले जहिले अग्रजलाई सम्मान र नवप्रवेशीलाई प्रोत्साहन गर्नुपर्छ ।
मैलै परिचय पाए । आज नेपालको राजधानी काठमाडौंबाट पत्रकारिता गर्नेहरु को को छन भनेर भन्दा मेरो नाम जोडिएको छ । समाचारकै कारण कसैको जीवन परिवर्तन भएको छ ।
पत्रकारिताकै कारण आजसम्म काठमाडौंमा टिक्न विक्न सकिएको छ । परिवारसँग दुःख सुख साटेर जीवन यापन भइरहेको छ । वुवा, आमा, भाइबहिनी पनि खुशि हुनुहुन्छ ।
आज एउटा सामान्य कार्यक्रम प्रस्तोताबाट सञ्चारकर्मममा होमिएको म विभिन्न सञ्चारगृहमा नेतृत्व तह हुँदै राष्ट्रिय दलित पत्रकार संघ काठमाडौं उपत्यकाको उपाध्यायसम्म हुन पाए ।
यो नै मेरो पत्रकारिताको प्राप्ति हो । अर्को सबैभन्दा ठूलो कुरा भनेको मैलै पत्रकारिता नगरेको भए, समाज नै बुझ्न सक्ने थिइन । समाजका हरेक पात्रहरुसँग भिज्ने मौका मिलेको छ । के गुमाए भन्दा वुवा आमा भाइबहिनीसँग बस्न पाइन । आफ्नो जन्मभूमि छाड्नु पर्यो । यहि हो ।
जीवनको उपलब्धिको मापन आर्थिकलाई नमान्ने हो भने अध्ययन, समाज र परिचयलाई मैलै उच्चतम प्राप्ति नै मान्नुपर्छ । अन्यथा धेरै गुमाए भनेर पछुताउनुपर्ने अवस्था छैन ।
पत्रकारिता भनेको त्याग र सम्र्पणबाट हुने पेशा हो । पत्रकारिताका लागि अध्ययन अनिवार्य हुन्छ । तर, अध्ययन मात्रैले पुग्दैन । यसको लागि फेरी पनि सम्र्पण नै चाहिन्छ । पत्रकारिताको विकास भइरहेको छ । अहिले बढि चुनौती भनेको नयाँ मिडिया हो ।
आम सञ्चारका माध्यम पत्रिका, रेडियो र टेलिभिजनलाई अनलाईन मिडियाले चुनौती दिएको छ । मिडियाको महत्व दिनप्रतिदिन बढिरहेको छ । तर माध्यम परिवर्तन भएको छ । यसकारण अब पत्रकारितालाई टिकाउनका लागि प्रविधि सिक्न अनिवार्य भइसकेको छ । सरकारले पत्रकारितालाई मर्यादित बनाउनका लागि स्थापना गरिएका संरचना गतिशिलता बढाउनुपर्छ । मिडियाको संख्या मात्रै भन्दा पनि यसको गुणात्मक विकासमा ध्यान दिनुपर्छ । हरेक पेशामा चुनौती छ ।
चुनौतीहरु त स्वभाविक खेप्नुपरेको छ नै । समाचार लेखेकै कारण पनि केहि असहज अवस्थाहरु आए केही क्षेत्रबाट ज्यान मारीदिन्छु भन्ने धम्की समेत आए ।
समाजको हितका निम्ति काम गर्दा केहि कठिनाईहरु आएका थिए । यसका अलवा शुरुवातमा स्थापित हुनकै लागि ठूलो संघर्ष गर्नु¥यो । त्यो संघर्षले जीवनलाई बुझ्ने ठूलो अवसर पनि मिल्यो ।