वि.सं.२०८१ साउन १० बिहीवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ १७ पैसा र बिक्री दर १५४ रुपैयाँ ९० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।