निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता प्रकाशित गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित भएको हो ।
आयोगले निर्णय गरेको दिनदेखि लागू हुने निर्वाचन आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ ।
आयोगका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति रहने छ ।
आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून, गृह र सञ्चार मन्त्रालयका सचिवहरु रहने छन् ।
यस्तै जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचारसंहिता अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य रहनेछन् ।