वि.सं.२०८१ साउन ६ आइतवार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी छलफल

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणले अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गरी विपद् जोखिम न्यूनीकरण सम्बन्धमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुका समावेशीकरण तथा सहभागीता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले बढी मात्रमा जोखिममा अपाङ्गता भएका व्यक्तिहरु पर्ने गुनासो गरे ।

यसै क्रममा उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुका आवश्यकताहरु पहिचान गर्नु पर्ने, उद्दारका सवालमा सरोकारवाला निकायहरुलाई तालिम दिनु पर्ने, सूचनाहरु सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा हुनु पर्ने बताएका छन् ।

यस छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठले ूविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरण तथा सहभागीताकाू विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यसै क्रममा उहाँले प्राधिकरण मार्फत यस विषयमा विभिन्न नीति तथा निर्देशिकाहरु तयार गरेको, राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी ह्वीलिचयरहरु निर्माण गरी वितरण गरेको भन्दै विपत व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था, समावेशीकरण र सशत्तिकरणका विषयमा प्रष्ट पार्नु भयो ।

त्यसै गरी ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्ति तथा आर्किटेक दिपक के।सी।ले ू सबैका लागि पहुँतयुक्त घर निर्माण स् अपाङ्गता भएका व्यक्तिहरुका आवश्यकता सम्वोधन ूकार्यक्रममा आयोजक संस्थाका सहसचिव अनिता निरौलाले सहभागी सबैलाई स्वागत गर्दै विपत जोखिमका क्रममा सुरक्षित रहनका लागि नीतिगत व्यवस्था सहितको निर्देशिका तयार गरेको भन्दै यस्ता व्यवस्थाहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्न सबै लाग्नु पर्ने बताउनु भयो ।

साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुका वास्तविक तथ्याङ्कको खोजी गर्नु पर्ने र अपाङ्गताको अवस्थाको आधारमा काम गर्नु पर्ने बताउनु भयो ।

सो अन्तरक्रिया कार्यक्रममा स्वाबलम्बन जीवन पद्ती केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले विपत जोखिम न्यूनीकरणका विषयमा देशको भूभाव हेरेर नीति बनाउनु पर्ने, ७५३ वटै स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी अन्तरमन्त्रालयसँग सहकार्य गरी काम गर्नु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सचिव सृजना के।सी।ले विपत जोखिम तथा व्यवस्थापनका विषयमा बनेका नीति नियमहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्दै विभिन्न सूचना तथा जानकारीहरु अपाङ्गता मैत्री बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्बन जीवन पद्ती केन्द्र काठमाडौंका महासचिव गणेश के।सी।ले विपत व्यवस्थापनका विषयमा बनाइएका सामाग्रीहरुलाई सबैको पहुँचमा पुग्ने गरी प्रचार प्रसार गरिनु पर्ने भन्दै विपत व्यवस्थापनका समितिका केन्द्रिय स्तर, प्रदेश स्तर र स्थानीय तहका समितिहरुमा अपाङ्गता भएका व्यक्तिहरुको अनिवार्य सहभागीता हुनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा आयोजक संस्था राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कुनै पनि विपतका समयमा अपाङ्गता भएका व्यक्तिहरुलाई जति सक्दो छिटो उद्दार गर्ने कार्यलाई सहज बनाउनका लागि अपाङ्गताको वर्गीकरण अनुसार उनीहरुको आवश्यकता पहिचान गरी सम्बन्धीत व्यक्तिहरुलाई तालिम दिनु पर्ने, ७५३ वटै स्थानीय तहमा जनचेतना मूलक कार्यक्रमहरु गर्नु पर्ने र यसका लागि अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका लागि काम गर्ने संघ संस्थाहरुको सल्लाह तथा सुझाबका आधारमा विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि काम गर्ने बताए ।