आज जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस नेपालमा छुवाछुत उन्मुलन भएको दिन । नेपालमा दलित समुदाय विभिन्न कार्यक्रम गरेर खुसी साटासाट गर्दैछन्।
तर युरोपेली मुलुक पोल्यान्ड एमालेका नेताले दलित समुदायलाई लक्षित बोल्न र लेख्नै नसिने शब्दले तातेको छ। एमालेको प्रवासको संगठन प्रवासी नेपाली मञ्च पोल्याण्डका निवर्तमान सचिव तथा हाल सचिवालय सदस्य छन् प्रज्वल सुवेदी।

उनले पोल्यान्डमै रहेका सुवास विकलाई ‘फक् चाहिँदैन नाटक ••••जाँठा लिङ्ग •••• मुजी कामीहरुको’ लेखेका छन्। त्यही कारण अहिले युरोपमा रहेको दलित समुदाय सुवेदीलाई कस्तो कारबाही प्रकृयामा जाने भन्ने छलफलमा जुटेको बताइएको छ।
पोल्याण्डमा रहेर टिकटकमा सक्रिय पेम्बा शेर्पाले सामाजिक सञ्जालमार्फत यो विषय सार्वजनिक गरेका थिए।
यसैबीच हिजो बेलुका प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष इश्वर देवकोटाको अगुवाइमा पिडीतसहितको बैठक बसेर सबै कुरा मिलेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। तर गजबको कुरा त के भने सुवेदीलाई माफि वा आत्मालोचना गरेको सार्वजनिक त कता हो कता उल्टै पिडीत विकलाई सामाजिक सञ्जालमार्फत आफूहरु मिलेको लेखाइएको छ।
पोल्याण्डमा रहेर पत्रकारिता गरिरहेकालाई नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव शेर बहादुर परियारले सो स्टाटसमा अध्यक्ष देवकोटालाई मेन्सन गरेर ‘सर माफि पिडीतले पो सार्वजनिक गर्ने हो? कि पिडकबाट गल्ती भयो भनेर भन्ने हो? यो त प्राकृतिक न्यायको सिद्धान्त विपरीत पिडकको मुख सिरकले छोपेर न्याय दिने कथित न्यायाधीशले गर्ने जस्तो भयो त।’ लेखेका छन्।
यो जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ आकर्षित हुने सरकारवादी मुद्दा भएकाले सुवेदीलाई त्यही अनुसार नेपालमा मुद्दा अगाडी बढाउन केहि दलित अभियन्ता तयारीमा जुटेको स्रोतको भनाई छ।
नेकपा एमालेले जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि विषयलाई कडाइका रुपमा लिएको पाइन्छ। यदी कोही आफ्ना कार्यकर्ताले जातीय विभेद गरेमा सदस्यता निलम्बन देखि खारेजी सम्म गर्ने गरेको पाइन्छ।





























