वि.सं.२०८१ असोज २६ शनिवार

व्यक्तिगत गोपनियता तथा प्रतिष्ठाविरुद्धको कसुरमा बन निर्देशक भट्ट अदालत जाँदै

सुदूरपश्चिम प्रदेशको क्षेत्रीय बन निर्देशनालयका निमित्त निर्देशक कृष्ण दत्त भट्टले जिल्ला अदालत कैलालीमा उजुरी दिने भएका छन् ।

बैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसुरमा धनगढी स्थीत दिनेश खबर अनलाईन लगाएत त्यस कार्यमा संलग्न व्यक्तिहरु विरुद्ध मुद्धा हाल्ने बताएका हुन । अनुमतीबिना तस्बीरको स्वरुप बिगारेर मानाहानी गरेको भन्दै जिल्ला अदालत कैलालीमा उजुरी हाल्ने तयारी गरीरहेको भट्टले बताए ।

भट्टले भने अनाधिकृत रुपमा मेरो कोठामा प्रबेश गरी गोप्य रुपमा यान्त्रीक उपकरण प्रयोग गरेर तस्बीर खीची त्यसमा जोडजाड, काटकुट पारी मिडियामा प्रसारण गर्न लगाइयो, जस्ले मेरो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा आँच पुर्याएकाे छ । यसको क्षतीपूर्तिसहित अदालत जाने तयारी गरीरहेको छुु । गत महिना देखी भट्टले गालीगलौज तथा आर्थिक चलखेल गरेको भन्दै भिडियोहरु सामाजिक संजाल र केही मिडीयाहरुमा प्रशारण भएका थिए ।

मुलुकी अपराध संहिता २०७४ मा गोपनीयता विरुद्धका कसुर सम्बन्धी यस्तो व्यवस्था छ ।
दफा २९३.अर्काको कुरा सुन्न वा ध्वनी अंकन गर्न नहुने ः

(१) कसैले दुुई वा दुुईभन्दा बढी व्यक्तिहरुका विचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतीले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरीविना कुनै यान्त्रीक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनी अंकन गर्न हुँदैन ।
(२)उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुुई बर्षसम्म कैद वा बीस हजार रुपैयासम्म जरिवाना वा दुबै सजाय हुने छ ।
दफा २९४.गोप्य कुरा प्रकट गर्न नहुने ः
(१) कसैले आफ्नो व्यवसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानूनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनी प्रकट हुँदैन ।
(२) उपदफा(१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई एक बर्षसम्म कैद वा दस हजार रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने छ ।
दफा २९५.अनुमतीबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरुप बिर्गान नहुने ः (१) कसैले कुनै व्यक्तिहरुको अनुमतिबिना निजको तस्बिरसंग अरु कसैको तस्बिर राखी अर्काे तस्बिर राख्न हुँदैन ।
(२)उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक बर्षसम्म कैद वा दस हजार रुपैया सम्म जरिवाना वा दुुवै सजाय हुनेछ ।
(३) कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसीमले विकृत रुपको तस्बिर बनाउन वा प्रकाशन गर्न हुँदैन ।
(४)उपदफा (३) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई बर्ष सम्मको कैद वा बीस हजार रुपैया सम्मको जरिवाना वा दुबै सजाय हुने छ ।
दफा २०९६ अनुमतीबिना एकको तस्बीर अरुलाई दिन वा विक्रि गर्न नहुने ः
(१) कसैले कुनै व्यक्तिको तस्बिर निजको अनुमतिबिना अरुलाई दिन वा बिक्रि गर्न वा निजलाई झिझयाउन वा सताउने, हैरान पार्ने, वा निजबाट कुनै अनुचित फाईदा लिने वा तस्बिरको व्यापारिक प्रयोग गरी फाईदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद विक्रि गर्न हुँदै
(२ ) उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन बर्ष सम्म कैद वा तिस हजार जरीवाना वा दुवै सजाय हुनेछ ।