वि.सं.२०८१ साउन ४ शुक्रवार

मन्त्री किराँतीविरुद्ध अख्तियारमा उजुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विरुद्ध अनियमित रुपमा भत्ता र कमिसन खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगको उजुरी दर्ता नं। C–०६३४४१र०८०–०२–०५ मा दर्ता भएको उक्त उजुरीमा प्रज्ञा–प्रतिष्ठानको रिक्त रहेको प्राज्ञ परिषद् र प्राज्ञ सभामा योग्य व्यक्ति छनोट गरी प्रधानमन्त्रीसमक्ष सिफारिस पेस गर्न भनी गठन गरिएको समितिको बैठक मन्त्री किराँतीले आफू उपत्यकाबाहिर रहेका बेला पनि बैठक बोलाएको भनी निर्णय पुस्तिका प्रमाणित गरेको, बैठक भत्ता लिएको त्यस प्रकारको गैरकानुनी, अनैतिक कार्यका विरुद्ध उजुरी गरेको हो ।

मन्त्री किराँती जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रममा सहभागी हुन २०७९ फागुन १ गतेदेखि २ गते बेलुकासम्म पूर्व गएका थिए । त्यसै बिचमा बैठक बसेको भनी प्रधानमन्त्रीलाई समेत गुमराहमा राखेर अनुचित तबरले प्रज्ञा–प्रतिष्ठानहरु मा नियुक्ति र मनोनयन गर्न सिफारिस र निर्णय गराएका थिए ।

किर्ते काम गर्ने मन्त्री विरुद्ध मुद्दा परेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा फागुन २ गते प्राज्ञ परिषद् र प्राज्ञ सभाको गठन भएको थियो । सोही दिन मन्त्री उपत्यका बाहिर हुनु र तीनवटै प्रतिष्ठान गठन हुनु नियम विपरीत तथा मन्त्रीको दस्तखत अरू कसैले किर्ते गरेको हो कि भन्ने प्रश्न उठिरहेको छ ।