वि.सं.२०८१ असोज २५ शुक्रवार

माओवादी नेता वर्षमानको घरमा गोली चल्यो, उपचारका लागि चीनमा

नेता पुन उपचारका लागि चीनमा

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा बसेको घरमा गोली चलेको छ । गोली चल्दा ‘अनन्त’की ७० वर्षीय आमा तिर्थमाली घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

वर्षमानकी आमा तिर्थमालीलाई नातिले बोकेको बन्दुक पड्किँदा गोली लागेको हो । बालुवाटारस्थित निवासमा आफ्नै नातिसमेत रहेका प्रहरी सहायक हवलदार प्रकाश पुनमगरले बोकेको पेस्तोल दुर्घटनावश पड्किएको थियो ।

वर्षमानकी आमा तिर्थमालीमाथि शुक्रबार राति प्रहरी सहायक हवलदार प्रकाश पुनमगरले गोली चलाएका हुन् । प्रकाश तिर्थमालीका आफ्नै नाति हुन् । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सहायक हवलदार हुन् ।

शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा आमा घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता पुन भने उपचारका लागि चीनमा छन् ।