भर्चुअल बैठक चलिरहेका बेला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरका कृषि संकायतर्फका डीन जयप्रकाश दत्तले प्राध्यापक पदबाट समेत हात धुनु परेको छ । उनले प्राध्यापक पदबाट पनि राजीनामा दिएका हुन् ।
यो पनि…..
दत्तले जुम मिटिङ चलिरहेका बेला क्याम्पस कै महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो भाइरल भएपछि उनको डीन पद निलम्बन भएको थियो ।
यसअघि डीन पदबाट निलम्बित दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार दत्तको राजीनामा पत्रमा तोक लागिसकेको छ । र, कार्यकारी परिषद बैठकमा पेश गर्ने तयारी समेत भइसकेको उपकुलपति रेग्मीले बताए । क्याम्पसमा कतिपय प्राध्यापक भने उपकुलपति रेग्मीले दत्तमाथि बेलैमा कारबाही अघि नबढाएकाले आशंका भएको बताइरहेका छन् ।
विश्वविद्यालयका प्राध्यापक माधव पाण्डेले सामाजिक सञ्जालमा उपकुलपतिमाथि आशंका भएको उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् कृषि तथा वनविज्ञान विश्वविद्यालयमा उपकुलपति भन्दा डीन उच्च ओहोदाका हुन् भन्ने शंका भयो ।’
उपकुलपति रेग्मीले चाँहि विश्वविद्यालयले निलम्बनको तयारी गरिरहेको बेला दत्तले निवेदन दिएको बताए ।
निवेदनपछि मात्रै निलम्बन गरेको भन्ने कुरा गलत भएको बताए ।