दशैं, तिहार लगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेर वर्षमा एक पटक घर जाने यात्रुलाई सहुलियत दिनु स्वाभाविक नै हो । दशैंको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले उनीहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
यात्रुलाई सहायता दिनुको सट्टा कोटेश्वर ट्राफिक प्रहरी कार्यालयका एक ट्राफिक प्रहरी भने कमाउ धन्दामा लागेको आरोप लाग्ने सुनिन आएको छ । ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीसंग आफ्नो खास चिनजान भएको भन्दै अरुलाई नगन्ने शैलीका स.ई. राम नारायण श्रेष्ठले यो समयमा सवारीसाधनका चालक, सहचालकललाई डर देखाएर विभिन्न शिर्षकमा कुस्त कमाएको भुक्तभोगीहरु बताउछन । भनेको जति ‘द्रब्य’ नदिए उनी गोजीबाट चिट निकालीहाल्छन ।
सवारी दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक परीक्षण, लागूपदार्थ सेवनको चेकिङ, तिब्र गतिको चेकिङ, बढी भाडा लिने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नुको सट्टा उनि त्यसैलाई हतियार बनाएर दुनो सोझ्याउने कर्ममा लागेको देखेर आफु लज्जित भएको एक यात्रुले बताए । हाल सई रहेका श्रेष्ठ जति राम्रो काम गरेपनि अबको २ वर्षमा आफ्नो अवकाश हुने, बढुवामा पनि कुनै सम्भावना नदेखेकाले कर्तब्यच्युत भएको उनका आफ्नै सहकर्मीले बताए ।