वि.सं.२०८१ असार २९ शनिवार

मष्टा नेविसंघका अध्यक्ष कठायतको अश्लिल हर्कत गरेको भिडिओ भाइरल !

बझाङमा एउटा अश्लील भिडियो काण्ड सामाजिक सञ्जालमा भाइरल भएको छ।

बझाङ स्थायी घर भएका मष्टा नेविसंघ अध्यक्ष  तथा कार्यसमिति सदस्य विनोद कठायतकाे अश्लिल हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको हो।
उक्त अश्लील भिडियोमा कठायत र एक जना युवती  भिडियोमा प्रष्ट देखिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एक युवतीसंग उक्त आपत्तीजनक भिडिओ म्यासेन्जर ग्रुपहरुमा शेयर गरिरहेको भेटिएको छ । कठायत र ती युवतीकाे स्पष्ट पहिचान खुल्ने गरी कैद गरिएको उक्त भिडिओ खप्तडटिभी संग  सुरक्षित  छ ।

अध्यक्ष कठायतकाे अश्लिल गतिविधि सहितको उक्त भिडियो कुन ठाउँमा कैद गरिएको हो भन्ने खुलेको छैन । तर
भिडिओमा अध्यक्ष कठायत र युवतीको अनुहार समेत देखिएको छ, र, उक्त भिडियो आफ्नै रहेको खप्तडटिभीसंग कुरा गर्दै पुष्टि गरे । उनले थपे, उक्त भिडियो अाफ्नाे रहेको र ह्याकरहरुले फेसबुक ह्याक गरेर उक्त भिडियो भाईरल गरेको उनको दाबी छ।