वि.सं.२०८३ कात्तिक २२ आइतवार

दशैंमा म्याक्सेलको धमाका अफर : ल्यापटप खरिदमा १०% छुट, ६० हजारको ल्यापटप जित्ने मौका!

हिन्दु नेपालीहरूको महान् पर्व बडादशैं तथा तिहार नजिकिँदै गर्दा विभिन्न क्षेत्रमा चाडपर्व लक्षित विशेष योजना तथा अफर सार्वजनिक गरेको छ।

यसै क्रममा प्रविधि क्षेत्रमा सक्रिय म्याक्सेल कम्प्युटरले ग्राहकलाई लक्षित गर्दै विशेष ‘दशैं अफर’ सार्वजनिक गरेको हाे।

चाडपर्वको अवसरमा आफ्ना ग्राहकलाई प्रविधि सामग्री खरिदमा थप सुविधा उपलब्ध गराउने तथा नयाँ प्रविधिसँग जोडिने अवसर प्रदान गर्ने उद्देश्यले म्याक्सेलले दशैं विशेष योजना ल्याएको छ।

यस योजनाअन्तर्गत म्याक्सेलबाट जुनसुकै ब्राण्डको ल्यापटप खरिद गर्ने ग्राहकले सीधै १० प्रतिशत छुट पाउनेछन् । ल्यापटप खरिदमा छुटसँगै ग्राहकलाई विभिन्न आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

म्याक्सेलको दशैं अफरको अर्को आकर्षण भनेको लकी ड्र योजना हो। म्याक्सेलबाट जुनसुकै कम्प्युटर सामग्री खरिद गर्ने ग्राहकले लकी ड्र कुपन प्राप्त गर्नेछन्। उक्त कुपनमार्फत सञ्चालन हुने लकी ड्रमा ग्राहकका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

लकी ड्रमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ बराबरको ल्यापटप, दोस्रो पुरस्कार २७ इन्चको मनिटर र तेस्रो पुरस्कार गेमिङ हेडफोन राखिएको छ। यसले दशैंको अवसरमा कम्प्युटर तथा ल्यापटप खरिद गर्ने ग्राहकका लागि खरिदसँगै उपहार जित्ने थप अवसरसमेत सिर्जना गरेको छ।

दशैंको समयमा नयाँ ल्यापटप खरिद गर्ने, अध्ययन तथा कार्यालय प्रयोजनका लागि कम्प्युटर आवश्यक पर्ने वा आफ्नो आवश्यकता र रुचिअनुसार कम्प्युटर असेम्बल गर्न चाहने उपभोक्तालाई लक्षित गर्दै यो योजना ल्याइएको म्याक्सेल कम्प्युटरका सञ्चालक समिर रहमानले बताएका छन्।

समिरका अनुसार चाडपर्वको समयमा ग्राहकको प्रविधि खरिद गर्ने चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय कम्प्युटर सामग्री, आकर्षक छुट र उपहारको अवसर एकैसाथ उपलब्ध गराउने उद्देश्यले दशैं अफर ल्याइएको हो।

म्याक्सेलले ग्राहकलाई ल्यापटपदेखि डेस्कटप, कम्प्युटरका विभिन्न पार्टपुर्जा तथा अन्य आवश्यक प्रविधि सामग्री खरिदका लागि सहज वातावरण उपलब्ध गराउँदै आएको जनाएको छ। विशेषगरी दशैंको अवसरमा आफ्नो पुरानो डिभाइस अपग्रेड गर्ने, नयाँ ल्यापटप खरिद गर्ने वा आवश्यकताअनुसार कम्प्युटर निर्माण गर्ने उपभोक्ताका लागि यो योजना उपयोगी हुने कम्पनीको अपेक्षा छ।

ग्राहकहरूले काठमाडौंको पुतलीसडकस्थित म्याक्सेल कम्प्युटरको शोरुममा पुगेर दशैं अफरको लाभ लिन सक्नेछन्। त्यसैगरी, शोरुमसम्म पुग्न नसक्ने ग्राहकले कम्पनीको आधिकारिक https://maxell.com.np वेबसाइटमार्फत अनलाइन अर्डर गरेर समेत सेवा लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

more information

https://maxell.com.np

दशैंको उत्साहसँगै प्रविधिको आवश्यकता पूरा गर्ने लक्ष्यसहित ल्याइएको म्याक्सेलको यो योजनामा सीधा १० प्रतिशत छुट, आकर्षक उपहार र लकी ड्रमार्फत पुरस्कार जित्ने अवसरलाई मुख्य आकर्षणका रूपमा राखिएको छ।

दशैं अवधिभर लागू हुने यस योजनाले नयाँ ल्यापटप तथा कम्प्युटर खरिद गर्ने सोचमा रहेका उपभोक्तालाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ। चाडपर्वको अवसरमा प्रविधि सामग्री खरिद गर्ने ग्राहकका लागि म्याक्सेलको ‘दशैं अफर’ खरिदसँगै बचत र पुरस्कारको अवसर दिने विशेष योजनाका रूपमा अघि आएको छ।

More news…

यस्तो छ एसईईमा ४ जिपिए ल्याउनेलाई म्याक्सवेल कम्युटरको अफर