वि.सं.२०८१ कात्तिक २८ बुधवार

३ दिने पहुँचयोग्य डिजिटल सामाग्री विकास प्रशिक्षण समपन्न

आजको युग भनेको प्रविधिको युग हो । प्रविधिको विकासले गर्दा आजका मानिसहरुले विश्वका कुनै पनि कुनामा भएका विकास, आविश्कार, क्षति, विपत, राम्रा वा नराम्र कुराहरुको जानकारी एकै छिनमा प्राप्त गर्दछन् ।

यति मात्र नभएर प्रविधिको प्रयोग गर्दै अधिकांश व्यक्तिहरु आफै पनि आफु अनुकुल छिटो र छरितो तरिकाले आफ्ना कार्यहरु सम्पन्न गर्ने गरेका छन् । त्यसैले आजको दिनमा यो प्रविधि सबै मानवहरुका लागि अभिन्न अंग बनेको छ ।

आफ्ना दैनिक जीवनमा प्रविधिको प्रयोग गर्दै कार्यहरु सम्पन्न गराउने, विश्वमा भएका कुनै पनि गतिविधिहरुसँग जानकार गराउने, जीवन सहज बनाउने उदेश्यले प्रयत्न नेपालले ओपन सोसाइटी फाउन्डेशनको सहयोगमा यही साउन २९ गते देखि ३१ गते सम्म अर्थात अगष्ट १४ तारिक देखि १६ तारिक सम्म ३ दिन विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गताको क्षेत्र तथा सामाजिक क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधहरुलाई पहुँचयोग्य डिजिटल सामाग्री विकास प्रशिक्षण (Accessible Digital Content Development) प्रदान गरेको छ ।

सो ३ दिने प्रशिक्षण कार्यक्रममा अपाङ्गता भनेको के हो ? यो कति प्रकारको हुन्छ ? प्रविधिले अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी सहयोग गर्दछ भन्ने कुरा पनि प्रष्ट पारिएको थियो ।

सहभागीहरु सबैलाई अपाङ्गताको विषयमा जानकारी होस भनेर अपाङ्गताको विषयमा जानकारी गराउदै के कस्ता कुराहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई चुनौती रहेको छ भन्ने विषयमा तयार गरिएको भिडियो पनि प्रस्तुत गरियो ।

सो तालिममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले पहुँचयुक्त प्रविधिको आवश्यकता, अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी प्रविधिसँग जोड्न सकिन्छ, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीमा उल्लेख गरिएका सूचना तथा प्रविधिका सवालहरुको जानकारी गराउदै नेपालको संविधान २०७२ को धारा १८ मा भएको समानताको हकका विषयमा पनि बुझाउनु भयो ।

यस तालिमका प्रशिक्षक राजेन्द्र सुवेदीले पँहुचयुक्त प्रविधिले मानिसको दैनिक जीवन यापनमा सहजता ल्याउने बताउदै केही प्रविधीहरु प्रयोग गर्ने विधि सिकाउदै प्रयोगात्क अभ्यास पनि गराउनु भयो ।

यसै क्रममा उहाँले माइक्रोसफ्ट वडको प्रयोग गरेर पहुँचयुक्त डकुमेन्ट बनाउन , पहुँचयुक्त Hyperlink राख्न, तस्विरका विषयमा गरिएको व्याख्या दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुले कसरी थाहा पाउन सक्छन् भनि प्रयोग गरेर देदाउनु भयो ।

यसै क्रममा उहाँले Table of Contents मा कसरी जाने, धेरै पृष्ठको पुस्तकको विचको आवश्यक सामाग्रीहरु, शीर्षकहरु, उपशीर्षकहरुमा मात्रै ल्याएर कसरी पढ्न सकिन्छ भनेर पनि सिकाउनु भयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले डिजिटल अधिकार र पँहुचयुक्त सम्बन्धी कानूनी व्यवस्था, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ का विषयमा जानकारी दिदै पहुँचयुक्त वर्ड डकुमेन्ट तयार गर्दा ध्यान दिनु पर्ने कुराहरु पनि सिकाउनु भयो भने वयब सामाग्री निर्देशिकाका विषयम प्रस्तुतीकरण पनि गर्नु भएको थियो ।

त्यसै गरी ह्याण्डिक्याप्ट इन्टरनेशनलका क्षेत्रिय सूचना अधिकृत प्रल्हाद गैरापिप्लीले Humanity and inclusion Accessible in Social Media मानवता र समावेशीकरण सामाजिक मिडियाम पहुँच विषयमा प्रस्तुतीकरण गर्नु भयो ।

यसै क्रममा उहाँले सबै नागरिकहरुलाई प्रविधिको पहुँचमा पुर्याउनु पर्ने, प्रविधिहरु अपाङ्गता मैत्री हुनु पर्ने कुरामा प्रष्ट पार्दै डेटा स्टोरेज गर्नका लागि  ट्याकको प्रयोग गर्नु पर्ने पनि बताउनु भयो ।

त्यसै गरी नागार्जुन नगरपालिकाका सूचना अधिकृत विष्णुहरी अर्यालले अबका दिनमा आफ्नो कार्यलयबाट प्रदान गरिने सेवा सुविधाका विषयमा, विभिन्न सूचना तथा जानकारीहरु सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पुग्ने गरी राख्ने बताउनु भयो ।

उक्त ३ दिने तालिमको सहजीकरण आयोजक संस्था प्रयत्नकी अध्यक्ष सरिता लामिछानेले गर्नु भएको थियो भने तालिममा शारीरिक, दृष्टिविहिन, बहिरा, अटिजम अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गताको क्षेत्रमा र सामाजिक क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधहरु सहित ३० जनाको सहभागीता रहेको थियो ।