खानेपानी तथा सरसफाई डिभिजन नं २ ओखलढुंगामा कार्यरत सव इन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताका नक्कली प्रमाणपत्रहरु पेश गरेर सरकारी पदमा बसेर लाभ र सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
अख्तियारले भ्रष्टाचार ऐन २०५१ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै त्यही ऐन अनुसार कैद सजाय र जरिवाना मागदावीसहित आरोप पत्र दायर गरेको हो।
यादवले सुनसरी टेक्निकल कलेज धरानबाट उत्तीर्ण गरेको भन्दै डिप्लोमा इन सिभिल इन्जिनियरिङका नक्कली प्रमाणपत्रहरु लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सस्क्रिप्ट नक्कली बनाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन २ ओखलढुंगामा पेश गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म बहाल रहेको लाभ र सुविधा लिएको खुलेपछि अख्तियारले आरोप पत्र दायर गरेको हो।