वि.सं.२०८१ माघ २६ शनिवार

जडिबुटीमा दिनदहाडै चोरी : चोरको हुलिया प्रष्ट, प्रहरी अझै अलमल्ल ! (भिडियाेसहित)

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको फितलो सुरक्षा व्यवस्था फेरि एकपटक उदांगो भएको छ ।

प्रभाग अन्तर्गतको क्षेत्रमा पर्ने जडिबुटी, नरेफाँट क्षेत्रमा दिनदहाडै चोरी हुँदा समेत प्रहरी मुकदर्शक बनेको छ ।

https://www.facebook.com/share/v/6tcnhvHT6ZqrFUUP/?mibextid=qi2Omg

खप्तडटिभीलाई प्राप्त भएकाे सिसिटिभी भिडियाेका अनुसार एक व्यक्ति नरेफाँट क्षेत्रको घरमा दिउँसै पसेर साईकल चोरेर हिड्छन । उक्त व्यक्तिले माक्ससमेत नलगाएको र अनुहारसमेत प्रष्ट हुँदा प्रहरीले कुनै अनुसन्धान अघि बढाएको छैन ।

चोरी भएको उक्त घर नजिकै प्रभाग अन्तर्गतकै प्रहरी विटसमेत छ । आफ्नो कार्यालयबाट सय मिटरको दुरीमा रहेको जनधनको समेत सुरक्षा समेत गर्न नसक्ने प्रहरीले दूरदराजका क्षेत्रमा कसरी सेवा प्रवाह गर्लान भन्ने चासो उब्जिएको एक स्थानीय युवाले खप्तडटिभीलाई बताए ।

जडिबुटी/ नरेफाँट क्षेत्र बाईक पनि अत्याधिक चोरी हुने क्षेत्रमा पर्छ । तर हालसम्म पनि अपराध न्यूनीकरणमा प्रहरीले कुनै चासो देखाएको छैन ।

https://www.facebook.com/share/v/6tcnhvHT6ZqrFUUP/?mibextid=xfxF2i

https://www.facebook.com/share/v/6tcnhvHT6ZqrFUUP/?mibextid=oFDknk