काभ्रेकाे भुम्लु गाउँपालिका वडा नम्बर ५ मुलाबारीमा श्री घोङग ताम्सालिङ गुम्बा निर्माणमा कोषाध्यक्ष र सचिवको नै किर्ते हस्ताक्षर गरेर पैसा हिनामिना गरेको छ।
७८/७९ को बजेटको गुम्बा निर्माणका लागि मुल समिती भएतापनी ७ जनाको समिती तयार गरेको थियाे।
जसमा डुक्मा दोर्जे लामा अध्यक्ष, अनिता गुरुङ – कोषाध्यक्ष, अमृतकुमार लामा-सचिब र सदस्यमा मठराम तमाङ, शर्मिला तमाङ, मनमाया लामा रहेका थिए।
तर अहिलेसम्म कसैलाई थाहा नदिइ गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले गुण्डागर्दीशैलीमा एकल सिफारिसमा निर्माण समिती नै किर्ते हस्ताक्षर गरेर अर्को निर्माण समिती खडा गरेर समितिको पैसा ५ लाख झिकेर हिनामिना गरेकाे स्थानीयको आरोप छ।
समितिको कोषाध्यक्ष अनिता गुरुङ, सचिब अमृतकुमार लामा र सद्स्य मठराम तमाङ शर्मिला तमाङ र मन्माया लामाको किर्ते हस्ताक्षर गरेर पुरानो समिती असफल गराइँ नयाँ समिती बनाएको एक स्थानीयले बताए । तर समितिको अध्यक्ष भने परिवर्तन नगरिएको बताइएको छ।
उता कोषाध्यक्ष अनिता गुरुङले खप्तडटिभीसंग कुरा गर्दै भनिन्न्: मलाइ केही जानकारी नै नदिइ आफ्नो किर्ते हस्ताक्षर गराएकोमा दु:ख ब्यक्त गरेकी छिन्। हामीलाई कुनै थाहा नदिएर पैसा झिकिसकेछ्न्, किर्ते हस्ताक्षर गराएर खोइ पालिका प्रमुखले कसरी सिफारिस गर्दिए अनि कोषध्यक्ष ,सचिव बिना नै कसरी पैसा दियो बैङकले उनले थप आक्रोश पोख्दै भनिन्न् ; – म झुट्टो बोल्दिन पहिलो नम्बरमा समितिको अध्यक्ष दोर्जेको गल्ती छ। दोस्रोमा पालिका प्रमुखको सल्लाहकार तुलसी तामाङकाे गल्ती छ र पालिका प्रमुखको पनि छ।
किर्ते हस्ताक्षरमा किन सिफारिस दिइयो र कोषाध्यक्ष बिना बैंकले पैसा दिनुमा यसमा सबको मिलिमतो रहेको उनले बताइन्।
उता प्रमुखका सल्लाहकार तुलसी तमाङले खप्तडटिभीसंग कुरा गर्न चाहेन्न्, उनले भने सर अहिले म ब्यस्त छु जवाफ दिएर पन्छिए, यसबाट के प्रष्ट हुन्छ भने, उनकाे नियतमा खाेट देखिन्छ ।
उनले एक जना पत्रकारसंग कुरा गर्दै आफुहरुले पालिका अध्यक्षसँग मिटिङ नगरेसम्म केही बोल्न नसक्ने बताउँछन् । तर खप्तडटिभीसंग भने म अहिले ब्यस्त छु भन्दै कुलेलाम ठोके।
पालिका प्रमुख प्रेम भुजेललाई फोन गर्दा उठने। उक्त कुराथाहा पाएपछी पुरानो निर्माण समिती आक्रोशमा छ्न्।
मनोमानी ढंगले यसरी गाउँपालिका प्रमुखको सल्लाकार तुल्सिमान आफै नयाँ बनाएको समितिमा कोषाध्यक्षबसी यो किर्ते काम गरेको समेत भेटिएको छ।