काठमाडौं । गायक तथा मोडल रेशम नेपालीको स्वर तथा अभिनय रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ सार्वजनिक भएको छ।
चर्चित अभिनेता पल शाह र रेशम नेपालीकाे आकर्षक अभिनय रहेको भिडियोमा प्रमिता राजघताने र करुणा तामाङको समेत अभिनय देख्न सकिन्छ। भिडियोमा पल शाह र रेशम नेपालीको जोडीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
रेशमकाे स्वर रहेको गीतमा गायिका शान्तारानी परियारले समेत स्वरमा साथ दिएकी छन्। गीतका शब्द तथा संगीत सङ्गम पौडेलको रहेको छ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका हुन्। सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्माले गरेका छन् भने ध्वनि संयोजन एचबीएन किस्मत र पोशाक डिजाइन भ्यालेन्टियोको रहेको छ।
पल शाह र रेशम नेपालीको अभिनयसँगै रेशम नेप्किङको स्वर तथा प्रस्तुतिले सजिएको ‘पान मिठो कलकत्ताको’ म्युजिक भिडियो Resham Nepking Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियो सार्वजनिक भएसँगै निर्माण टिमले सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई भिडियो हेरेर माया, साथ, प्रतिक्रिया तथा सुझाव दिन अनुरोध गरेको छ।































