नेपाली सांगीतिक आकाशका हस्ती रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा आएको छ। भरखरै म्युजिक भिडियो सार्वजनिक गरेका गायक चन्दलाई फिमेल भोकलमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश न्यौपानेले कोरेका हुन् ।
एकअर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथालाई गीतले मूल विषय बनाइएको छ। गीतमा प्रेम र विश्वासमा घात गरेको कथा दर्शाउन खोजिएको छ । भिडियोमा चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराई फिचर्ड छन् । भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन्। चन्दले आफ्नै अफिसियल युट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
लोकगीत संगीतमा जल्दोबल्दो हस्तीका रूपमा लोकप्रिय र चर्चित छन्, चन्द। २०६३ सालदेखि लोक तथा दोहोरी संगीत क्षेत्रमा लागेका उनले २०६५ मा ‘चरी रुखमा, साँच्चै साथ दिन्छौ र सुख दुःखमा’ गीत गाएपछि पछाडि फर्केर हेर्नु परेन। ३०६३ मा उनले ‘माया सारै छ’बाट नेपाली सांगीतक जगतमा पाइला टेकेका थिए ।
रामचन्द्रका गीतमा विशेषतः सामाजिक र सांस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण गरेको पाइन्छ। उनका धेरै मार्मिक भाकाहरू छन्। बुवा भिमसेन चन्द आमा मीना कुमारी चन्दका पुत्र रामचन्द्रको जन्म गुल्मीमा भएको हो । स्कुले जीवन देखि नै गायन प्रतियोगितामा उत्कृष्ट उनी अहिले पनि सृजनाका लागि गाउँ पुग्छन् । उनी ग्रामिण भेगबाट शब्द मात्रै टिपेर ल्याउँदैनन्, सकेसम्म सङ्गीत र लय पनि रैथाने नै राख्छन्। गीत लेख्दा र सङ्गीतमा ढाल्दासम्म सकभर उनी गाउँ नै रोज्छन् ।
रैथाने शब्द, भाका र कथा भर्न सिपालु रामचन्द्रका गीतले गाउँ–सहर एक साथ गुन्जयमान पारेका छन्। चरी रुखैमा, माया सारै छ, भिरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, आमा, अँध्यारो, तीन फुर्के डोरी, घाँटी रेट्नलाई, फुल फुल्यो केसरी, मेची महाकालीलगायत दर्जनौँ गीतहरू रामचन्द्रले गायक छन्।
इतिहास संस्कृति लोकसाहित्य, लोकसंगीतको अध्ययनमा रुचि राख्ने उनले उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। कोरिया, कतार, ओमन, बहराइन, दुबई साङ्गीतिक भ्रमण गरिसकेका रामचन्द्रले स्वदेशमा पनि थुप्रै साङ्गीतिक स्टेज चढिसकेका छन्। समाज सेवामा रुचि राख्ने उनको सरल स्वभाव मित्रवत् व्यवहारले धेरै सङ्गीतकर्मी तथा दर्शक स्रोताको मन समेत जितेको छ।
गाउँका ठेट एवं ‘टिपिकल’ भाका र लय संरक्षण गर्ने, तिनलाई चर्चामा ल्याउने रामचन्द्रको सपना हो। उनी भन्छन् “गाउँमा अझै लोक वाद्यवादन बिलाएका छैनन्, मारुनी र रत्यौलीका लय श्रोतासम्म पुग्नै बाँकी छन्। गाउँका बाजागाजा, लय, भाका र शब्दहरू श्रोतामाझ ल्याइरहने चाहना छ।”
हेरौँ म्युजिक भिडियो