वि.सं.२०८१ साउन १ मंगलवार

‘बस्यो पिरती’को म्युजिक भिडियो रिलिज (भिडियोसहित)

काठमाडौं । बडादशैँ एवं नवरात्रकै छेको पारेर गायक सपन श्रेष्ठ र गायिका, लेखक तथा संगीतकार लक्ष्मी हमालले टिपिकल लोक प्याटर्न गीत ‘बस्यो पिरती’को म्युजिक भिडियो रिलिज गरेका छन् ।

फूलपातीको अघिल्लो दिन शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको म्युजिक भिडियो रिलिज गरिएको हो । गीतको शब्द संकलन, संगीत र फिमेल गायन लक्ष्मी आफैंले गरेकी छन् भने मेलतर्फ रक गायक सपन श्रेष्ठले साथ दिएका छन् । गीत एरेन्ज संजय हमालले गरेका हुन् ।

मुनाल शिशिर कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र मल्लिका राजोपाध्यायको फिचर्ड छ । कोरियोग्राफ निर्देशक तथा कोरियोग्राफर सुरेन्द्र बसेलले गरेका छन् । सुजन श्रेष्ठले छायाङ्कन गरेको म्युजिक भिडियो एडिटिङ तथा कलरिङ शिलन लम्सालले गरेका छन् ।

नेपाली रहनसहन र बोलीचाली तथा माया प्रेमको भाव बोकेको गीतको अधिकांश छायाँकन जीतपुरफेदीमा भएको हो ।