वि.सं.२०८१ भदौ २८ शुक्रवार

सरुवा माग्ने शिक्षिकालाई यौन प्रश्ताव, शिक्षा अधिकृत टाप..!

काठमाडाैं । सरुवा माग्ने शिक्षिकालाई सामाजिक सञ्जालकाे फेसवुक म्यासेन्जरमार्फत यौन प्रश्ताव राखेको स्क्रिनसर्टकाे एसमेस सार्वजनिक भएकाे छ ।

उक्त एसमेस सार्वजनिक भएपछि मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्ले टाप कसेका छन् ।

काफले  ५ चैतमा इमेलमार्फत बिदाको पत्र पठाएर टाप कसेका हुन्। काफ्लेले प्रतिक्रियामा भने आफूले कसैसँग त्यस प्रकारको गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्।

स्रोतका अनुसार कानेपाखेरी नै घर भएकी प्राथमिक तहकी एक शिक्षिका स्थायी नियुक्ति लिएको ३ वर्षदेखि पालिका वाहिर कार्यरत छिन्। उनले घर पायक सरुवाका लागि काफ्लेसँग कुरा गरेकी थिईन। यही क्रममा काफ्लेले त्यसको बदलामा यौन प्रश्ताव राखेको खुलेको छ।