वि.सं.२०८१ भदौ २८ शुक्रवार

भाइरल गाँजावालासहित १८ माछा अख्तियारकाे जालमा च्याप्पै..!

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

सामाजिक सञ्जालमा जथाभावी गाँजाका बिषयमा टिकाटिप्पणीका कारण भाइरल बनेका पूर्वसचिव भीम उपाध्यायसहित सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ ।

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक छन् ।

सचिवहरु क्रमशः शर्मा, उपाध्याय, गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैँया ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैँया ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैँया ३१ पैसा विगोसहितको मागदावी लिएको छ ।

यसैगरी परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर भएको अख्तियारले जनाएको छ ।