वि.सं.२०८१ जेठ ६ आइतवार

प्रेस चौतारी कंचनपुरका अध्यक्ष पन्त पक्राउ

नेकपा एमाले निकट प्रेस चौतारी नेपाल कंचनपुर शाखाका अध्यक्ष पक्राउ परेका छन्।

बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीले अध्यक्ष लक्ष्मण पन्तलाई पक्राउ गरेको हो।

पन्तले मदिरा सेवन गरेर एक राष्ट्र सेवक कर्मचारीसँग लफडा गरेपछि समातिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए।

उनका अनुसार अहिले सो विषयमा प्रहरी कार्यालयमा छलफल चलिरहेको छ।